२०८३ बैशाख २
नेपाली समय

चिनियाँ राजदुत कूटनीतिक मर्यादा विपरित ।

२०८० भाद्र २१, बिहीबार १४:५३

 

Advertisement 1

काठमाडौं । नेपालका लागी चिनियाँ राजदुत चेन सोङ्गले नेपाल र भारत विचको व्यापार सम्बन्ध वारेमा कुटनितीक मर्यादा विपरित चासो राख्दै अशोभनिय अभिव्यक्ती दिएका छन । नेपाल र चिनको विचको सम्बन्धमा काम गर्नु पर्ने चिनियाँ राजदुत एक सार्वजनिक कार्यक्रममा नेपाल र भारत विचको व्यावार घाटा र जलविद्युत व्यापार वारेमा नाकारात्मक टिप्पणी गरेका छन । उनले नेपाल र भारत विचको व्यापारको व्यंग गर्दै पछिल्लो समयमा भारत संग नेपालको वढेको जलविद्युत व्यापारलाई समेत नाकारात्मक ढंगले टिप्पणी गरेका छन ।

राजुदत सोङ्ग नेपालमा कार्यभार सम्हाल्न आए लगत्तै पोखरा विमानस्थलको उद्धघाटनमा वोल्दै हुदै नभएको बिआरआई परियोजना अन्र्तगत उक्त विमानस्थल बनेको टिप्पणी गरेका थिए ।

Advertisement 2

पछिल्लो समयमा नेपालमा चासो वढाउदै लगेको चिनियाँ पक्षले दक्षिणी छिमेक भारत विरुद्ध सार्वजनिक रुपमा यस्तो नाकारात्मक टिप्पणी गर्नूलाई कुटनितीक मर्यादा विपरित भएको जानकारहरु बताउछन । कुनै पनि देशको राजदुत आफनो देश भन्दा अन्य देशको वारेमा नेपालमा विरलै टिप्पणी गरेको पाईन्छ ।

नेपालले कुन देशसंग व्यापार गर्ने भन्ने कुरा नेपालको आन्तरिक मामिला भएकोले चिनियाँ राजदुत चेन सोङ्गको यो अभिव्यक्ती कुटनितीक मर्यादा विपरित रहेको परराष्ट्र विद्हरुले जनाएका छन्।

धेरै पढिएको

सम्बन्धित समाचार