धनञ्जय उपाध्यय/रुपन्देही
Advertisement 1
बुद्ध भूमि युवा क्लबद्वारा दोस्रोपटक माघी महोत्सव कार्यक्रमको आयोजना भएको छ। यही मिति २०८१ माघ ४ र ५ गते गैंडहवा गाउँपालिका वडा नम्बर २ ननौलीमा आयोजना भएको छ। “”हमहन के संस्कृति हमहन के शान, पहिचान बना हमान के अभियान”” भन्ने मूल नाराको साथमा बुद्ध भूमि युवा क्लबले यो कार्यक्रमको आयोजना गरेको हो। मुख्य कार्यक्रमहरू थारु झाँकी प्रर्दशन,थारु साँस्कृतिक नाचगान,थारु राष्ट्रिय गायक प्रस्तुति,घोंगी रेस प्रतियोगिता,मायुर नाच लगायत अन्य स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति रहनेछ। यो कार्यक्रम गैंडाहवा गाउँपालिका र सोही गाउँपालिकाको वडा नम्बर ३ को कार्यालयको सहयोगमा कार्यक्रम भइरहेको संस्थाको अध्यक्ष अनिल कुमार थारु ले जानकारी दिए। आफ्नो सांस्कृति, परम्परा लाई विलुप्त हुन नदिन आफ्नो भाषा, संस्कृति र परम्परालाई पहिचान दिलाउनको लागि यो कार्यक्रमको आयोजना भएको संस्थाको सचिव राम कुमार धवल बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्