धनञ्जय उपाध्यय/मर्चवार ।
Advertisement 1
प्रहरी चौकी गुलरिहाले बढ्दो जाडो संगै शीतलहर सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । सोमबार सम्मरीमाई गाउँपालिका वडा नम्बर २ मा प्रहरी चौकीका ईन्चार्ज प्रहरी नायब निरिक्षक लक्ष्मण न्यौपानेको अगुवाईमा समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत शीतलहर सम्बन्धि जनचेतना मूलक कार्यक्रम गरिएको हो ।
Advertisement 2
चिसोको मौषममा काम नपरी घरबाट बाहिर ननिस्कने र निस्कनै परे बाक्लो लुगा लगाएर मात्र बाहिर जान प्रहरीले अनुरोध गरेको छ । राती सुत्ने बेला पनि सिरक, कम्बल लगायत न्यानो कपडा ओढेर मात्र सुत्न र चिसोले बालबालिका, जेष्ठ नागरिक गर्भवति महिला लगायत बढी प्रभावित हुने भएकोले यिनीहरुलाई विशेष ख्याल गर्नुपर्ने प्रहरी नायक निरिक्षक लक्ष्मण न्यौपनेले बताए । यस्तै सुत्ने बेला सबै झ्याल ढोका थुनेर कुनै प्रकारको आगो बालेर सुत्न नहुन उनले आग्रह गरे । चिसोमा स्वास्थ्य सम्बन्धि समस्या बढी हुने भएकोले स्वास्थ्यको ख्याल गर्न पनि उनले आग्रह गरे । नजिकैको स्वास्थ्य संस्थाको सम्पर्क नम्बर राख्न र आवश्यक प्राथमिक उपचार घरमै गर्न सक्ने गरि तयारी गर्न उनले आग्रह गरे ।
Advertisement 3
यस्तै कार्यक्रमका प्रमुख अतिथि सम्मरीमाई गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष अजय कुमार बनियाले चिसोबाट जोगिन वडा कार्यालयले पनि तयारी गरेको र वडाको चोकमा दाउरा खसाल्ने तथा न्यानो कपडा वितरणको तयारी गरेको बताए । उनले चिसोको समयमा सके सम्म न्यानो बन्न र पशु तथा पंक्षीहरुका ख्याल गर्न आग्रह गरे । उनले शीतलहरबाट जोगिन प्रहरीको प्रयास सराहनिय रहको यसबाहेक समय समयमा वडा कार्यालयले पनि यस बारे जनचेतना फैलाई रहेको जानकारी दिए ।
प्रहरी चौकी इन्चार्ज लक्ष्मण न्यौपानेको अध्यक्षता वडा अध्यक्ष अजय कुमार बनियाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वडा सदस्यहरु चैतु प्रसाद हरिजन, ईनामुल मुसलमानको आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रमको सञ्चालन प्रहरी हवल्दार काशीराम चौधरीले गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्