२०८१ माघ १५
नेपाली समय

बिधवा अति बिपन्न र असाहाय हरु लाई कम्बल बितरण कार्यक्रम सम्पन्न

२०८१ माघ २, बुधबार २१:१८

धन्नजय उपाध्याय/रुपन्देही

Advertisement 1

मिति 2081/10/02 गते बिधवा अति बिपन्न र असाहाय कम्बल बितरण कार्यक्रम सम्पन्न भएको छ । अति विपन्न गरिब तथा एकल महिलाहरूलाई एउटा कार्यक्रम गरी कम्बल वितरण गरिएको हो। युवा नेता तथा समाजसेवी आशुतोष कुमार मिश्र को प्रमुख अतिथिमा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रमको संयोजक हालको बसाइ कोरियामा रही आफ्नो क्षेत्रका अति विपन्न गरिबहरूलाई कम्बल वितरण गर्नमा आर्थिक सहयोग राम रतन यादव ले गरेका थिए । साथसाथै राहुल यादव, सहदेव गौतम, मोहम्मद तबरेज खान, कुर्बान अलि र दिलसाद खान गरी अन्य जनाको सहयोगमा कार्यक्रम सम्पन्न भएको प्रमुख अतिथि अशुतोष मिश्राले जानकारी दिए । कार्यक्रममा कुन ६५ जनालाई कम्बल वितरण गरिएको हो । कार्यक्रममा उपस्थित, प्रमुख अतिथि मर्चवार क्षेत्र नम्बर ४ को युवा नेता तथा समाजसेवी आशुतोष मिश्रा, विशिष्ट अतिथि कमलेश उपाध्याय, श्याम भवन, नारद यादव, गणेश गुप्ता लगायत शिक्षक समाजसेवी राजनैतिक दलका जनप्रतिनिधिहरू र अन्य जना को उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

धेरै पढिएको

सम्बन्धित समाचार