फेरि रोकियो असुरैना मा.वि बिधालय ब्यवस्थापन समितिको चुनाव ।
Advertisement 1
रुपन्देही
Advertisement 2
असुरैना माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समिति छनौट प्रकृया स्थगित भएको छ । शनिबार अभिभावक भेला सहित विद्यालय ब्यवस्थापन समिति छनौट प्रकृया हुने तालिका सर्बजनिक गरेपनि दुई पक्षबीच सहमति नजुटदा सो छनौट प्रकृया स्थगित भएको हो।
Advertisement 3
विद्यालयले प्रकाशन गरेको तालिका अनुसार समिति छनौट प्रकृया अगाडी बढाउदा निवर्तमान अध्यक्ष जैस मोहम्मद खान पक्षले अभिभावक नामावली फर्जी रहेको बताउदै बिरोध गरेका थिए । यस विषयमा उच्च अदालत बुटवलमा समेत मुद्दा दर्ता भएको थियो तर उच्च अदालतले रीट खारेज गरेको थियो । जैस मोहम्मद खानले अभिभावक नामावली फर्जी रहेको बताउदै ब्यवस्थापन समिति छनौट प्रकृया रोक्नुपर्ने बताए । उनले भने ‘जसको छोराछोरी निजी विद्यालयमा अध्ययन गरीरहेका छन् उनीहरुको समेत करीब १ सय जनाको नाम अभिभावक नामावलीमा समावेश गरिएको छ । परीक्षा दिएका विद्यार्थीहरुको नाम अनुसारको अभिभावक नामावली प्रकाशन गरी मात्र छनौट प्रकृयामा जानु पर्दछ अन्यथा हाम्रो सहमति हुदैन । विद्यालयलाई राजनितीको स्थल बनाउन फर्जी नामावली समावेश गरिएको छ । परीक्षा दिएका विद्यार्थीहरुको नाम अनुसारको अभिभावक नामावली प्रकाशन गरी मात्र छनौट प्रकृयामा जानु पर्दछ अन्यथा हाम्रो सहमति हुदैन । विद्यालयलाई राजनितीको स्थल बनाउन फर्जी नामावली समावेश गरिएको उनले आरोप लगाए ।
यसैगरी सम्मरीमाई ६ असुरैनाका मोहम्मद असलम खाँले मेरो छोरा डोटी पढीरदा समेत मेरो नाम अभिभावक नामावलीमा समावेश गरिएको बताए । उनले भने ‘यसले प्रष्ट हुन्छ कि अभिभावक नामावलीमा त्रुटी रहेको छ । छनौट प्रकृयालाई सक्दो निश्पक्ष र पारदर्शी बनाउनु पर्दछ ।’
समिति छनौटका लागि आएका शिक्षा अधिकृत माधवराज पौडेलले दुबै पक्षको सहमति नजुटदा छनौट प्रकृया अगाडी बढन नसकेको बताए । उनले भने ‘अभिभावकको नामावलीलाई लिए उत्पन्न भएको विवाद नमिल्दा र झन विवाद बढीरहदा सबै प्रकृया रोकेर तत्कालका लागि स्थगित गरेका हौं । विद्यालयको ब्यवस्थापन समिति छनौटका लागि इमिसमा रहेको अभिभावक नामावलीलाई नै आधिकारिक मान्नु पर्ने प्रावधान रहेको छ ।’
अभिभावकको नामावली विवाद अन्त्य गर्न अब नयाँ भर्ना पछि मात्र विकल्प देखिएको शिक्षा अधिकृत पौडेलले बताए
विद्यालय ब्यवस्थापन समिति नहुँदा विद्यालयमा आएको शिक्षक भर्ना, विद्यालयको गेट सहित भौतिक संरचना निर्माण प्रभावित हुने सम्मरीमाई गाउँपालिका शिक्षा शाखा प्रमुख रामदास गौडले बताए । ब्यवस्थापन समिति छनौट प्रकृयामा ढिलाई भनेपनि नियम कानुन मिचेर छनौट प्रकृया नबढाउन उनले आग्रह गरे। उनले भने ‘भर्ना हुदा बखतको अभिभावक नामावली इमिट टाडामा समावेश गरिन्छ र इमिस अभिलेखको आधार मै ब्यवस्थापन समिति छनौट गरिन्छ । कसैको आदेशमा थप घट गर्न मिल्ने ब्यवस्था छैन
विद्यालयले चैत २० गते चलानी नं। २८ को पत्रमा निम्न अनुसारको तालिमा सर्बजनिक गरेको थियो । बिहान ९ बजे देखि १२ः३० बजे सम्म अभिभावक भेला, सहमतिका आधारमा समिति छनौट गर्न १२:३१ बजे देखि १ बजे सम्म । तर यदि निर्वाचन प्रकृयामा जान परेमा सदस्य पदको उम्मेदवारी दर्ता १ बजे देखि १:३० बजे सम्म, दबीउपर विरोध १९:३१ बजे देखि १९:४५ बजे सम्म, अन्तिम उम्मेदवारी नामावली प्रकाशन १ः४५ देखि २:०० बजे, प्रचार प्रसार २ बजे देखि २ः३० बजे सम्म, मतदान २ः३० बजे देखि ५:३० बजे सम्म रहेको थियो ।
सम्पूर्ण कार्यक्रमहरु स्थगित पछि विद्यालय ब्यवस्थापन छनौट प्रकृयामा सहभागी हुन आएका अभिभावकहरु घर फर्केका थिए ।
प्रतिक्रिया दिनुहोस्