रुपन्देही
Advertisement 1
रूपन्देहीको लुम्बनीमा पिकअप अनियन्त्रित भई दुर्घटना हुँदा एकजना बालिकाको मृत्यु र लगभग १८ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय रूपन्देही को प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्की का अनुसार मृतक र घाइतेहरूको विस्तृत विवरण अहिले खुल्न सकेको छैन।
Advertisement 2
कार्कीका अनुसार सोमबार साँझ करिब सवा ५ बजे लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ७ मा लु १ च २७६३ नम्बरको पिकअप भ्यान मोडमा आफै अनियन्त्रित भई पल्टिएको थियो । लुम्बिनीबाट मुण्डन संस्कार गरि घर फर्किने बेला मोडमा अनियन्त्रित भई पल्टिदा उपचारको क्रममा करिब १२ वर्षिय एक वालिकाको मृत्यु भएको छ । यस्तै अन्य १८ जना घाईते भएको कार्कीले जानकारी दिए ।
Advertisement 3
घाईतेहरुको भैरहवा स्थित युनिभर्सल कलेज अफ मेडिकल साईन्सेजमा उपचार भईरहेकोमा २ जनाको अवश्था गम्भिर रहेको र अन्यको सामान्य रहेको कार्कीले बताए । उपचार गराईरहेका सबै घाईतेहरु रुपन्देहीकै भए पनि उनिहरु बारे समाचार तयार पार्दा सम्म विस्तृत विवरण खुलीसकेको छैन । गाडी चालक जिल्ला कपिलवस्तु शुद्धोधन गाउँपालिका वडा नम्बर ४ बस्ने २६ वर्षिय अशोक पासीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस्