२०८३ बैशाख २
नेपाली समय

जितवापुर मा चलिरहेको महायज्ञस्थलबाट गोलीको खोका फेला

२०८२ जेष्ठ १३, सोमबार ०७:५४

Advertisement 1

लुम्बिनी । लुम्बिनी साँस्कृतिक नगरपालिका- ११ स्थित घटनास्थलबाट एक थान गोलीको खोका बरामद भएको छ । विष्णु महायज्ञ चलिरहेकै बखत शनिबार मध्यरातमा पुगेका हतियारधारी समूहले चलाएको गोलीको खोका स्थानीयले आइतबार बेलुका करिब ६ बजे फेलापारी प्रहरीलाइ बुझाएका छन ।

 

Advertisement 2

इलाका प्रहरी कार्यालय लुम्बिनीले घटनामा संलग्न रहेको आरोपमा लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. ५, मोहसड बस्ने २७ वर्षीय कलामुद्दिन मुसलमान र २६ वर्षीय रोशनअली फकिरलाई घटनास्थल जितवापुरबाट पेस्तोल सहित पक्राउ गरी थप अनुशन्धान प्रकृया अघि बढाएको बताएको छ ।

धेरै पढिएको

सम्बन्धित समाचार