Advertisement 1
काठमाडौं, १४ जेष्ठ २०८२ — न्यूजील्याण्डका उपप्रधानमन्त्री तथा विदेशमन्त्री विन्स्टन पिटर्सले माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सिंहदरबारस्थित माओवादी केन्द्र संसदीय दलको कार्यालयमा शिष्टाचार भेट गर्नु भएको छ।
Advertisement 2
शिष्टाचार भेटका क्रममा दुई देशबीचको ऐतिहासिक सम्बन्ध, आपसी सहकार्य र सहयोगका विषयमा कुराकानी भएको बताइएको छ। नेताहरूबीच आपसी सम्बन्ध सुदृढ गर्दै द्विपक्षीय हितका मुद्दामा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको जनाइएको छ।
Advertisement 3
नेता प्रचण्डले न्यूजील्याण्ड सरकार तथा जनताप्रति धन्यवाद ज्ञापन गर्दै नेपालप्रति निरन्तर सहयोगको अपेक्षा व्यक्त गर्नु भयो। त्यस्तै उपप्रधानमन्त्री पिटर्सले नेपाल र न्यूजील्याण्डबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो।
भेटवार्तामा दुवै पक्षले जलवायु परिवर्तन, आप्रवासन, तथा अन्तर्राष्ट्रिय सम्बन्धमा साझा चासोका विषयहरूमा समेत विचारविमर्श गरेका थिए।



प्रतिक्रिया दिनुहोस्