समाचार:
Advertisement 1
जिल्ला प्रशासन कार्यालय कपिलवस्तु ले जिल्लामा पछिल्ला दिनमा देखिएको धार्मिक तथा सामाजिक सद्भावमा आएको खललप्रति गम्भीर चासो व्यक्त गरेको छ। कार्यालयले जारी गरेको सूचनामा सामाजिक सञ्जालमार्फत फैलाइएका भ्रमपूर्ण र भड्काउने गतिविधिहरूले अवस्था थप जटिल बनाएको उल्लेख गरिएको छ।
सूचनाअनुसार उत्पन्न परिस्थितिलाई निय
न्त्रणमा लिन सर्वपक्षीय बैठकमार्फत आवश्यक निर्णयहरू भइसकेका छन् भने घाइतेहरूको उपचार तथा घटनामा संलग्न दोषीहरूलाई कानुन बमोजिम कारबाही प्रक्रिया अघि बढाइएको जनाइएको छ।
Advertisement 2
प्रशासनले वार्ता र संवादमार्फत समस्या समाधान गर्न सकिने अवस्था हुँदाहुँदै बन्द, हड्ताल, चक्काजामजस्ता गतिविधि नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ। साथै सामाजिक सञ्जालको दुरुपयोग गर्दै भ्रम फैलाउने काम नगर्न चेतावनी दिँदै यस्ता गतिविधि गरे कानुनी कारबाही गरिने स्पष्ट पारेको छ।
प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम द्वारा हस्ताक्षरित उक्त सूचनामा जिल्लामा शान्ति र सद्भाव कायम राख्न सबै पक्षलाई संयमता अपनाउन अपिल गरिएको छ।



प्रतिक्रिया दिनुहोस्