२०८३ बैशाख २
नेपाली समय

मन्दिरमाथि आक्रमणपछि उल्टै हिन्दू युवा पक्राउ — निष्पक्ष छानबिनको माग

२०८२ चैत्र ९, सोमबार १६:१२

कपिलवस्तु। विश्व हिन्दु परिषद्, नेपाल ले कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ मा मन्दिरमाथि भएको आक्रमण प्रकरणमा गम्भीर आपत्ति जनाएको छ। परिषद्ले दोषीलाई कारबाही गर्नुको सट्टा निर्दोष हिन्दू युवालाई पक्राउ गरिएको भन्दै प्रशासनको कदमप्रति प्रश्न उठाएको हो।

Advertisement 1

परिषद्का अनुसार, मन्दिरमाथि आक्रमण गर्ने वास्तविक दोषीमाथि कानुनी कारबाही नहुँदा पीडित पक्ष झन् मारमा परेको छ। घटनापछि स्थानीय हिन्दू युवामाथि गोली प्रहार भएको र त्यसपछि उनीहरूलाई नै पक्राउ गरिएको भन्दै यसलाई “अन्यायपूर्ण र अस्वीकार्य” भनिएको छ।

संस्थाले प्रेस विज्ञप्तिमार्फत पक्राउ परेका निर्दोष युवाहरूलाई अविलम्ब रिहा गर्न माग गरेको छ। साथै, प्रशासनले पीडित पक्षमाथि दबाब सिर्जना गरेको आरोप पनि लगाइएको छ।

Advertisement 2

परिषद्ले यस्तो गतिविधिले कानुनी राज्यको मूल मर्ममाथि प्रश्न उठाउने र दोषीलाई संरक्षण गर्ने प्रवृत्ति बढ्ने चेतावनी दिएको छ। “वास्तविक अपराधीलाई कारबाही नगरी पीडितलाई नै दण्डित गर्ने अवस्था न्याय प्रणालीमाथिको गम्भीर आघात हो,” विज्ञप्तिमा उल्लेख छ।

यदि निर्दोष युवालाई रिहा नगरिए आन्दोलन चर्किन सक्ने चेतावनी दिँदै परिषद्ले सम्बन्धित निकायलाई जिम्मेवार बन्न आग्रह गरेको छ। साथै, सम्पूर्ण हिन्दू समाजलाई संयमता अपनाउँदै न्यायका पक्षमा एकताबद्ध हुन अपिल गरिएको छ।

Advertisement 3

विज्ञप्तिमा “जय श्रीराम, नेपाल हाम्रो जय होस्” भन्ने नारासहित कपिलवस्तु जिल्ला अध्यक्ष अशोक कुमार पाण्डे को हस्ताक्षर रहेको छ।

धेरै पढिएको

सम्बन्धित समाचार