मिति: २०८२ चैत १० गते
Advertisement 1
जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जिल्लाका विभिन्न स्थानमा लगाइएको निषेधाज्ञा आदेश हटाइएको जनाएको छ।
कार्यालयद्वारा जारी सूचनाअनुसार, कपिलवस्तु जिल्लाको महाराजगन्ज नगरपालिका वडा नं. २ मा भएको घटनापछि सुरक्षा अवस्थालाई मध्यनजर गर्दै जिल्लाका विभिन्न क्षेत्रमा निषेधाज्ञा लागू गरिएको थियो। उक्त आदेशले शान्ति सुरक्षामा सुधार ल्याउन सहयोग पुगेको र नागरिकको दैनिक जीवनयापन सहज बनाउन मद्दत पुगेको जनाइएको छ।
Advertisement 2
जिल्ला सुरक्षा समितिको निर्णयअनुसार, उक्त निषेधाज्ञा आदेश हाल हटाइएको छ। प्रशासनले अब जिल्लाको समग्र शान्ति–सुरक्षा अवस्था सामान्य अवस्थामा फर्किएको स्पष्ट पारेको छ।
प्रशासनले सम्पूर्ण सर्वसाधारणलाई ढुक्क भएर आफ्नो दैनिक गतिविधि सञ्चालन गर्न आग्रह गर्दै, शान्ति कायम राख्न सहयोग गर्न अनुरोध गरेको छ।



प्रतिक्रिया दिनुहोस्