Advertisement 1
तौलिहवा, कपिलवस्तु:
जिल्ला प्रशासन कार्यालय कपिलवस्तु ले हालै एक सार्वजनिक अपिल जारी गर्दै जिल्लामा शान्ति सुरक्षा, सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न सम्पूर्ण सर्वसाधारणलाई आग्रह गरेको छ।
Advertisement 2
कार्यालयले महाराजगञ्ज नगरपालिका वडा नं. २ मा भएको घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। घटनापछि जिल्लाका विभिन्न क्षेत्रमा लगाइएको निषेधाज्ञा समेत हटाइसकिएको र हाल अवस्था सामान्यतर्फ उन्मुख रहेको जनाइएको छ।
प्रशासनले विशेष गरी सामाजिक सञ्जाल तथा डिजिटल माध्यमहरू (फेसबुक, टिकटक, एक्स, इन्स्टाग्राम लगायत) मार्फत भ्रामक सूचना फैलाउने, उत्तेजनात्मक अभिव्यक्ति दिने वा सामाजिक सद्भाव खल्बलिने खालका गतिविधि नगर्न/नगराउन कडा अनुरोध गरेको छ।
Advertisement 3
अपिलमा भनिएको छ, “कुनै पनि प्रकारका गैरकानुनी तथा उक्साहटपूर्ण गतिविधि गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरिनेछ।”
प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम द्वारा हस्ताक्षरित उक्त अपिलमा सबै राजनीतिक दल, नागरिक समाज, धार्मिक अगुवा तथा सञ्चारकर्मीलाई संयमता अपनाई सकारात्मक भूमिका निर्वाह गर्न समेत आग्रह गरिएको छ।
प्रशासनले जिल्लामा शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न आफू पूर्ण प्रतिबद्ध रहेको स्पष्ट पार्दै आम नागरिकलाई जिम्मेवार व्यवहार गर्न पुनः आह्वान गरेको छ।



प्रतिक्रिया दिनुहोस्