कपिलवस्तुको बुद्धभुमी नगरपालिका -१ भेलाईकी २४ वर्षीय शुवाली थारु नौ दिनदेखि सम्पर्कविहीन भएकी छन्। यही पुस १० गतेदेखि घर छाडेर हिँडेकी थारु नभेटिएको उनको परिवारले जनाएको छ ।
Advertisement 1
काम गर्न जान्छु भनेर घरबाट दिउँसो १२/१ बजेको समयमा हिँडेकी थारु नभेटिएपछि उनको परिवार चिन्तामा छ। उनका बुबा हौसिल थारुले छोरीको केही पत्तो नलागेको जानकारी दिए। शुवालीका दुई सन्तान समेत छ्न । उनको मानसिक सन्तुलन समेत कम रहेको बुबाले बताए ।
Advertisement 2
सम्पर्कविहीन भएपछि उनको खोजविनका लागि इलाका प्रहरी कार्यलय गोरुसिङ्गेमा जानकारी गराइएको छ।



प्रतिक्रिया दिनुहोस्