२०८३ बैशाख ४
नेपाली समय

खाद्य अधिकार, खाद्य सुरक्षा र खाद्य सम्प्रभुता बारे कार्यक्रम

२०८१ भाद्र ७, शुक्रबार २१:२७

 

Advertisement 1

 

भदौ ५, कपिलवस्तु ।

Advertisement 2

 

जिल्ला कपिलवस्तु शुद्धोधन गाउँपालिकामा

Advertisement 3

“सुधारिएको खाद्य र समान जीविकोपार्जनका अवसरहरू पुर्वाधारका लागि नागरिक समाज परियोजना” शुद्धोधन गाउँपालिकामा खाद अधिकार तथा खाद सम्प्रभुता बारे नीतिगत व्यवस्था र कार्यान्वयन को अवस्था सम्बन्धी एक दिवसीय कार्यशाला कार्यक्रम सम्पन्न भएको छ ।

 

जनकल्याण युवा क्लब, शुद्धोधन युवा क्लब र किशोर किशोरी तथा युवा सञ्जा को संयुक्त आयोजना र WHH, forward Nepal र कालिका स्वालम्बन सामाजिक केन्द्रको आर्थिक सहयोगमा र शुद्धोधन गाउँपालिकाको समन्वयमा एक दिवसीय कार्यशाला भएको छ ।

 

खाद्य अधिकार खाद्य सुरक्षा र खाद्य सम्प्रभुता तथा अवधारणा, कानूनी प्रावधान र कार्यान्वयनको अवस्थाबारे प्रशिक्षक नवराज बस्नेत र केदार कोइराला दुवै जना विस्तृत जानकारी दिनुभएको छ ।

 

उक्त कार्यक्रममा अध्यक्षता शुद्धोधन युवा क्लबका अध्यक्ष सफिउल्लाह शेष, प्रमुख अतिथि शुद्धोधन गाउँपालिका अध्यक्ष कमलेश शरण चौधरी, विशिष्ट अतिथि शुद्धोधन गाउँपालिका उपाध्यक्ष होम प्रकाश चौधरी, विशिष्ट अतिथि शुद्धोधन गाउँपालिका प्रमुख प्रसासक अधिकृत थानेश्वर पौडेल, वडा नं.१ देखि ६ का जनप्रतिनिधि, शुद्धोधन गाउँपालिका कृषि शाखा प्रमुख, पशु शाखा, स्वास्थ्य प्रमुख, वडा नं. १ देखि ६ वडाका कृषि प्रमुख, WHH उत्तम शर्मा, कालिका स्वालम्बन सामाजिक केन्द्रका प्रोग्राम कोर्डिनेटर अशोक लम्साल, शुद्धोधन युवा क्लब, जनकल्याण युवा क्लब र किशोर किशोरी तथा युवा सञ्जाल लगायतका कालिका स्वालम्बन सामाजिक केन्द्रका वडामा खटिएका प्रतिनिधिहरूको सहभागिता रहेको छ।

धेरै पढिएको

सम्बन्धित समाचार