२०८२ माघ ३
नेपाली समय

कर्मचारीकै मिलोमतोमा रजस्व मिलाउदै यातायात बाँके

२०७८ माघ ४, मंगलवार २१:२४

४ माघ, बाँके । यातायात कार्यालय बाँकेले घुस लिएर सर्वसाधारणलाई दुख तथा राजस्व ठ्ग्दै आएको खुलेको छ । ५ हजार ९ सय मा हुने काम पनि ३ हजारमै गरिएको पाईएको छ । यो उक्त कार्यालयको लागि कुनै नौलो कुरा होईन यस सम्बन्धित अन्य पनि कयौं घट्नाहरु छन ।

Advertisement 1

बाँकेमा सेवाग्राहीहरुको लाईन तथा धेरै भिडभाड हुने कार्यालय भनेकै यातायात कार्यालय हो । जहाँ सबैभन्दा धेरै घुस लेनेदन हुने गरेको छ । लामो समयदेखि यातायात कार्यालयमा सेटिङ जमाउँदै यसरी पैसा कमाउदै चलखेल गरिन्छ ।

अनियमिततामा संलग्न कर्मचारीले बिनाकुनै संकोच खुलमखुला मनोमानी ढंगले घुस (सिस्टम् ) लिने गरेको स्रोतको दाबी छ।

Advertisement 2

लाइसेन्स,सवारीको नवीकरण देखि लाइसेन्स तथा रुट परिमिट लगायत अन्य काममा समेत भ्रष्टाचार हुँदै आएको बहिरिएको छ।

नाम नखोल्ने शर्तमा एक सवारीधनीका अनुसार २०७८ पुस २९ गते बिहिवार करिब ३ बजेको समय रुट परिमिट तथा जचाँ पास लिन गएका ब्यक्तिलाई प्रशासन तथा परिमिट फाटका प्रमुख एवं कर्मचारी काशी शर्माले राजस्व मिलाइ दिन्छु भन्दै इसारा गर्छन् ।

Advertisement 3

एक हजार पाँच सय सिस्टममा (धुस ) तिर्नुपर्छा पाँच हजार नौ सय (५९००) तिर्नुपर्ने ठाँउमा तीन हजार (३०००) मा मिलाइ दिन्छु भन्दै सवारीधनी तयार हुन्छन र ३००० रजस्व तिर्छन् ।

रजस्व तिरे पछि रकम १५०० लिइ काम गरेको प्रमाण हामी संग सुरक्षित छ। expresscitynews.com बाट

धेरै पढिएको

सम्बन्धित समाचार