२०८३ बैशाख ३
नेपाली समय

मर्चवारका युवाहरुको सक्रियतामा बृक्षारोपण सम्पन्न 

२०७८ माघ १५, शनिबार २०:२१

ज्ञानेश्वर उपाध्याय , मर्चवार , माघ १५

Advertisement 1

मर्चवारका युवाहरुको सक्रियतामा कोटहीमाई वडा नं २ को भुवरीमा आज बृक्षारोपण कार्य सम्पन्न भएको छ। हरियो मर्चवारको नारा बोकेका मर्चवारका केही युवाहरुको सक्रियतामा भुवरी गाउको मंदिरको प्राङ्गण भित्र रहेको खाली जग्गामा बृक्षारोपण सम्पन्न भएको हो । मर्चवार तुलनात्मक रुपमा बिकासको क्रममा पछि परेको ठाउको रुपमा चिरपरिचित नै छ जहाँ जनप्रतिनिधिहरुले बिकासको नाममा असारे बिकास समेतमा कति बजेट सखाप पारेको मात्रै पाइन्छ र बृक्षारोपण त देखावटी मात्रै हुन्छ । मर्चवारको मुहार फेर्न स्थानीय युवाहरुले नै चासो लिनुपर्ने ठम्याइका साथ कोटहीमाई वडा नं २ निवासी बिनय कुमार यादवको सक्रियताले आज सो कार्यक्रम सम्पन्न भएको हो ।

बृक्षारोपण देखावटी न भइ मानवीय जीवनसंगै जोडिएको ले सबै युवाले चासो लिनु पर्ने मान्यताले मर्चवारका बिबेक यादव , रोशन यादव , दिलिप कुमार यादव , हरिकेश यादव , मुकेश त्रिपाठी , ज्ञानेश्वर उपाध्याय लगायत अन्य स्थानीय युवाहरुको सहभागीतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

Advertisement 2

मर्चवारका विभिन्न ठाउका मठ , मन्दिर ,मदरसा तथा बिद्यालयमा रहेका वाउन्ड्री भित्रका खाली जग्गामा तुलनात्मक रुपमा अन्यत्र ठाउमा गरिएको बृक्षारोपण भन्दा सुरक्षित हुने भनी बिश्वासले हामी अझ युवाहरुलाई यो अभियानमा आवद्ध गराई सुरक्षित बृक्षारोपण गर्ने योजना बनाएको भनी समाजसेवी बिनय कुमार यादबले बताउनु भयो ।

आज हरियो मर्चवारको नाराको आज शुभारम्भ मात्रै भएको छ अब आउने दिनमा हरेक गाउमा सुरक्षित बृक्षारोपण गर्ने अभियान र युवाहरुलाई यो अभियानमा आवद्ध गराउन बाकी नै रहेको भनी सहभागी रोशन यादवले उत्सुकता जाहेर गरेका थिए । उक्त कार्यमा कागती,अर्जुन,कल्की,कपुर,धुपी सल्ला तथा साल प्रजातीका गरि लगभग १०० वटा बिरुवा जिल्ला बन कार्यालय भैरहवाबाट माग गरि बृक्षारोपण गरिएको हो ।

धेरै पढिएको

सम्बन्धित समाचार