२०८२ माघ ३
नेपाली समय

तिन दिने आधारभूत फोटो पत्रकारिता तालिमको समापन

२०७८ माघ १६, आईतवार १२:३३

अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका वडा नं ८ अवस्थित इभर ल्याण्ड होटलमा तिन दिने आधारभूत फोटो पत्रकारिता तालिमको समापन भएको छ ।

Advertisement 1

शिवराज मिडिया प्रा. लि. को आयोजना तथा कृष्णनगर नगरपालिकाको सहयोगमा तिन दिने पत्रकारिता तालिम सम्पन्न भएको छ ।

कार्यक्रमको अध्यक्षता शिवराज मिडिया प्रा. का अध्यक्ष मनिष कुमार गुप्ता, प्रमुख अतिथिमा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष वसन्त गिरी , विशिष्ट अतिथिमा , नेपाल पत्रकार महासंघ कपिलवस्तु जिल्ला अध्यक्ष किरण मान बज्राचार्य, अतिथिमा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य चिन्ता परियार, प्रेस सेन्टरका केन्द्रीय सदस्य मनिष कार्की, प्रेस चौतारी कपिलवस्तु अध्यक्ष जानु पाण्डेय , प्रेस युनियनको उप सभापति खग प्रसाद चापागाई रहनुभयो ।

Advertisement 2

कार्यक्रममा उतकृष्ट फोटो खिच्ने तिन जना पुरस्कृत गरिएको तथा सहभागी पत्रकार हरूलाई प्रमाण पत्र तथा अतिथि हरूलाई मायाको चिनो प्रदान गरिएको थियो ।

तिन दिने आधारभूत फोटो पत्रकारिता तालिममा करिब २० जना सहभागी रहेका छन् । कार्यक्रममा प्रशिक्षकका रूपमा मनोज पौडेल रहनु भएको जानकारी आयोजक ले दिएको छ ।

धेरै पढिएको

सम्बन्धित समाचार