२०८३ बैशाख ४
नेपाली समय

इप्रका कृष्णनगर द्वारा दुर्घटनाका मृतक परीवार लाई बाइस हजार सहयोग

२०८१ मंसिर २२, शनिबार १४:०५

 

Advertisement 1

कपिलवस्तु, मंसिर २२

 

Advertisement 2

इलाका प्रहरी कार्यालय कृष्णनगरले कृष्णनगर नगरपालिका वडा नं १ आरटीओ रोडमा दुर्घटनामा परि मृत्यु भएका श्याम लाल नाउको परिवार लाई आर्थिक सहयोग गरेको छ।

 

Advertisement 3

मृतक कृष्णनगर नगरपालिका वडा नं १ मड्हा बस्ने ६५ बर्षिय बृज लाल नाउ विगत बिस बर्ष भन्दा बढी समयदेखि इलाका प्रहरी कार्यालय कृष्णनगरमा नेपाल प्रहरीका जवान लगायत अन्य दर्जाका व्यक्ति हरूको कपाल काट्दै आएका थिए।

 

उनको घरको आर्थिक अवस्था कमजोर भएकाले इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक सुरज खत्रीले आज मृतकको परीवार लाई बाइस हजार रकम हस्तान्तरण गरेका छन्। खत्रीले सबैभन्दा ठूलो सेवा मानवीय सेवा रहेकाले रकम संकलन गरि हस्तांतरण गरिएको बताए।

उक्त रकम हस्तान्तरणमा सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेंद्र न्यौपाने, बरिष्ठ प्रहरी नायब निरिक्षक निलकण्ठ ढकाल, वरिष्ठ प्रहरी नायब निरिक्षक प्रकाश वाग्ले, ट्राफिक प्रहरी नायब निरिक्षक चुरामणी पोख्रैल लगायत गांउका मानिस हरूको उपस्थित रहेको थियो।

धेरै पढिएको

सम्बन्धित समाचार