२०८२ आश्विन १७
नेपाली समय

कपिलवस्तुमा अज्ञात विस्फोटक पदार्थ पड्कियो

२०८२ भाद्र १३, शुक्रबार ०९:३७

Advertisement 1

कपिलवस्तु

कपिलवस्तु जिल्लाको तौलिहवा चार नम्बर सडकअन्तर्गत पचेहरा नजिकै शुक्रबार साँझ करिब ५:३० बजे अज्ञात विस्फोटक पदार्थ पड्किएको घटना सार्वजनिक भएको छ ।

Advertisement 2

जिल्ला प्रहरी कार्यालय तौलिहवाका अनुसार सुरुमा यसलाई बम विस्फोटको आशंका गरिएको भए पनि प्रारम्भिक अनुसन्धानपछि सडक तल दबेर रहेको अज्ञात विस्फोटक पदार्थ नै पड्किएको पुष्टि भएको हो। विस्फोटपछि सडक क्षेत्रमा केही समय स्थानीयबासी त्रसित बनेका थिए।

प्रहरी टोली तत्काल घटनास्थल पुगेको र सुरक्षाकर्मीहरूले क्षेत्रलाई नियन्त्रणमा लिई विस्तृत अनुसन्धान सुरु गरेको जनाइएको छ। हालसम्म विस्फोटबाट कुनै मानवीय क्षति नभएको तर घटनाको वास्तविक कारण र प्रयोग भएको पदार्थको प्रकृति पत्ता लगाउन थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

Advertisement 3

घटनाबारे विस्तृत विवरण आवश्यक अध्ययनपछि मात्र सार्वजनिक गरिने जिल्ला प्रहरी कार्यालयले जना

एको छ।

सम्बन्धित समाचार