गुलाम अली
२४ साउन, कपिलवस्तु । नेपाल लेखापढि कानून ब्यवसायी एशोसियन कपिलबस्तु तौलिहवाले २५ गतेबाट लेखापढि बन्द गर्ने निणर्य लिएको छ ।
Advertisement 1
गत बिहीबार सेवाग्राही र लेखापढि बीच भएको बिवादका कारण बन्द गर्ने निणर्य गरेको लेखापढि एशोसियन कपिलबस्तु तौलिहवाले जनाएको छ । सेवाग्राही बिक्रम बेलबासे र लेखपढि सदस्य दिपेन्द्र पान्डेय बीच विवाद भएपछि सेवाग्राहीले लेखापढी व्यवसायी पान्डेयलाई बिनाकारण प्रहरी हिरासतमा पुर्याएको विरोधमा मालपोत कार्यालयमा हुने सबै लेखापढी बन्द गर्ने निणर्य गरेको कपिलबस्तु तौलिहवा लेखा समिति कपिलबस्तुको अध्यक्ष बिष्णु प्रसाद मौरयाले बताएका छन ।
अनलाईन सेवा (भू सेवा) सुचारु भएपछि काम ढिलाई भएको कारण सेवाग्राही बेलबासे र लेखापढी सदस्य पान्डेलाई बीच हातपात भएको थियो । प्रहरीले एकपक्षिय रुपमा लेखापाढी व्यवसायीलाई पक्राउ गरि हतोत्साहित गरेर थुनामा राखेकाले बाध्य भएको र त्यसको बिरोध स्वरु सम्पूणर् लेखापढि बन्द गरेको लेखापढि कानून ब्यवसायी एशोसियन अध्यक्ष पन्डले बताए । साथै आफुहरु मेलमिलापको पक्षमा रहेपनि प्रहरीले एक पक्षिय रुपमा सुनुवाई गर्दै पान्डेयलाई थुनवामा रखेकै कारण २५ गतेबाट लेखापढी बन्द गर्ने निणर्य गरेको अध्यक्ष पान्डले जनाएका छन ।



प्रतिक्रिया दिनुहोस्