२०८२ फाल्गुन ३०
नेपाली समय

मर्चवार मा ग्यास सिलिण्डर विस्फोट,एक युवकको मृत्*यु

२०८२ माघ ११, शनिबार १८:२९

Advertisement 1

मर्चवार/माघ १० गते

रुपन्देहीको सम्मरीमाई गाउँपालिका–६, रुपदलापुरमा फलाम काट्ने क्रममा ग्यास सिलिण्डर पड्किँदा एक युवकको ज्यान गएको छ। सम्मरीमाई गाउँपालिका–६ अन्तर्गत ओडवलिया चोकस्थित रामसरण ग्रिल उद्योगमा काम गर्ने क्रममा रुदलापुर निवासी रामसरण विश्वकर्माका २८ वर्षीय छोरा गोविन्द विश्वकर्माको मृत्यु भएको इलाका प्रहरी कार्यालय मर्चवारले जनाएको छ।

Advertisement 2

प्रहरीका अनुसार शनिबार दिउँसो फलाम काट्न प्रयोग गरिएको ग्यास सिलिण्डर अचानक विस्फोट हुँदा गोविन्द विश्वकर्मा गम्भीर घाइते भएका थिए। घाइते अवस्थामा उनलाई उपचारका लागि भैरहवास्थित सिद्धार्थनगर सिटी अस्पताल लगिएको थियो। तर उपचारकै क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय मर्चवारका प्रमुख प्रहरी निरीक्षक धनबहादुर रावलले जानकारी दिनुभयो।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

धेरै पढिएको

सम्बन्धित समाचार