२०८२ फाल्गुन ३०
नेपाली समय

अनुभव र जनसम्पर्कको संगम : विक्रम सिंह थापाको अभियानले कपिलवस्तुमा नयाँ राजनीतिक लय”

२०८२ माघ २६, आईतवार ०६:१०

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि सभा सदस्य उम्मेदवार विक्रम सिंह थापा कपिलवस्तु क्षेत्र नं. २ मा जनतासँग प्रत्यक्ष संवादमा केन्द्रित चुनावी अभियानमा देखिनु भएको छ। सार्वजनिक जीवनमा लामो अनुभव बोकेका थापा घरदैलो, भेटघाट र सामूहिक छलफलमार्फत मतदाताको विश्वास जित्न सक्रिय छन्।

Advertisement 1

वृद्धदेखि युवासम्म, महिला–पुरुष सबै वर्गसँग सहज रूपमा हात जोडेर अभिवादन गर्ने शैलीले उनको राजनीतिक संस्कार झल्किन्छ। “काम गर्ने सरकार, बलियो आधार” भन्ने नारालाई व्यवहारमै उतार्ने संकल्पसहित थापा जनताको बीचमा उभिएका छन्।

घण्टी चुनाव चिन्ह लिएर मैदानमा उत्रिएका थापा राष्ट्रिय स्वतन्त्र पार्टीलाई कपिलवस्तुमा मजबुत बनाउने अभियानमा रहेको स्थानीयको बुझाइ छ।

धेरै पढिएको

सम्बन्धित समाचार