Advertisement 1
कपिलवस्तु, मिति: २०८२ माघ २५ गते
देशको वास्तविक शक्ति नै युवा शक्ति भएको सन्देशलाई व्यवहारमा उतार्दै कपिलवस्तु क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवार आशिष शर्मा चुनावी मैदानमा उत्रिएका छन्। “युवा अघि सर्छ भने देश आफैँ अघि बढ्छ” भन्ने मूल नारासहित शर्माले युवालाई नेतृत्वमा ल्याउने स्पष्ट दृष्टिकोण प्रस्तुत गरेका छन्।
Advertisement 2
हरेक क्षेत्रमा युवाहरू अग्रसर भए मात्र देशले गति लिने विश्वास व्यक्त गर्दै आशिष शर्मा नयाँ पिढिलाई मार्गदर्शन र जोश दिने सक्षम नेतृत्वका रूपमा देखिएका छन्। पुरानो सोच होइन, नयाँ सोच, नयाँ ऊर्जा र नयाँ अनुहारबाट नै देश निर्माण सम्भव हुने उनको भनाइ छ।
कपिलवस्तु–१ मा चुनाव चिन्ह जीप लिएर स्वतन्त्र उम्मेदवारी दिएका शर्माले युवाहरू, किसान, श्रमिक र आम जनताको साथ अपरिहार्य भएको उल्लेख गर्दै परिवर्तनका लागि सबैलाई एकजुट हुन आह्वान गरेका छन्।



प्रतिक्रिया दिनुहोस्