मर्चवार ध्रुव सत्य खबर असोज ३ गते
संवाददाता धन्नजय उपाध्याय । रुपन्देहीको मर्चवारी गाउँपालिका वडा नं. ५ को बोगडी गाउँमा रहेको प्रख्यात मर्चवारी माईको मन्दिर । यो देवीको मन्दिरलाई निकै नै पुरानो मानिएको छ । किम्बदन्ती अनुसार स्थानीयवासी खर काट्न जाँदा राती सपनामा देवीले म माटो हुन्छु। तिमीहरूले दूधको धारा बगाउँदै हिंडनु। जहाँ बिसाउँछौ, म त्यही बस्छु भनिन्। भक्त घाँसीहरूले पनि त्यसै गरे।
यस्तो इतिहास बोकेको मर्चवारी माता को मन्दिर जुनकि एउटा क्षेत्रलाई पनि represent गर्दछ , यस मन्दिरलाई आजसम्म जुन विकास मिल्न पर्यो त्यो मिलेको छैन । खासगरि यसमा जनप्रतिनिधिहरूको संलग्नता देखिएको छ । उनीहरुले नै चाहेनन् कि यो मन्दिर एउटा पर्यटन क्षेत्र बनोस ।
चुनाव को बेलामा सबै राजनैतिक पार्टीहरूको प्रमुख मुद्दाहरूमा माताको मन्दिर बनाउन पनि एउटा हुन्छ । जनप्रतिनिधिहरू को सोचाई अनुसार यदि माताको मन्दिर बनिहाल्छ भने अर्को पाली चुनावको बेलामा मुद्दा हुँदैन । खासगरी यहाँका जनताहरु यही सोचेर राजनैतिक पार्टीहरु लाई भोट दिन्छन् कि सायद यहाँले माताको मन्दिरलाई एउटा विकासशील र पर्यटकिय क्षेत्र बनाउन सक्छन् तर अहिलेसम्म मर्चवार को जनताहरुलाई निराशा नै हात परेको छ ।
वनियाडिहा, हर्दी, मर्चवारी र लक्ष्मीपुरमा आइपुग्दा शौच गर्नको लागि बिसाए । फर्केर आउँदा दूधको धारा सकिएको र देवी पनि अलप भइसकेकी थिइन्। देवीलाई लैजानेले पनि त्यही देह त्याग गरे। सोही सम्झनामा तीन वटा माटाका डल्ला त्यहाँ राखिएका थिए । त्यहाँ दुई वटा खुर्सानी उम्रे र २ वटा खुर्सानी फले। त्यहाँका बासिन्दाले खुर्सानी खाँदा पिडा र दु:ख भयो।
सपनामा खुर्सानी खाएकोले हो, पूजा गर, भक्ति गर ठिक हुनेछ भनेर देवीले भनिन्। त्यहीको माटोको डल्लो बनाई देवीको प्रतिकका रूपमा पूजा गर्न थालेपछि पिडा, दुख ठिक भयो। यिनै मर्चवारी देवी हाल ठुलो रातो पिण्डको आकारमा देखिन्छ। उक्त देवीको मन्दिरका महन्थ शम्भूशरण दासका अनुसार यस देवीको पूजा अर्चना गर्नाले दुख नाश हुने, मनोकाङ्क्षा पुरा हुने र मन्दिरमा पहिला बलिको प्रथा थियो तर हाल भने बलिको प्रथा हटाइएको छ।
यस मन्दिर जीर्ण भएपछि २०४४ सालमा मन्दिरको जीर्णोद्धार गरिएको थियो। नेपालीहरूको महान् पर्व चैते दसैँ, विजया दशमीमा यहाँ विशेष मेला लाग्ने र विशेष पूजा समेत हुने महन्थ बताउँछन्। हाल यस मन्दिर परिसरमा विभिन्न निर्माण कार्यहरू भइरहेका छन्। मन्दिर नजिकै प्राचीन मर्चवारेश्वरको मन्दिर, हनुमानको मन्दिर, ठुलो पोखरी आदी रहेका छन्।
यस स्थलबाट भारतको सिमाना जम्मा ४ किलोमिटर रहेकोले यस मन्दिरमा विशेष पर्वहरूमा भारतबाट निकै भक्तजनहरू आउने गर्दछन्। यस मन्दिरमा नित्य पूजा हुनुको साथै यस क्षेत्रको प्रसिद्ध देवीको रूपमा यिनको उच्च स्थान समेत रहेको छ।


प्रतिक्रिया दिनुहोस्