२०८३ जेष्ठ २९
नेपाली समय

थुम्हवा पिपराहवा स्वास्थ्य चौकीले महिला स्वयंसेविकालाई सम्मान तथा प्रोत्साहन कार्यक्रम सम्पन्न ।

२०८२ चैत्र २८, शनिबार ०५:३३
धनन्जय उपाध्याय/मर्चवार 

 

Advertisement 1

थुम्हवा पिपराहवा स्वास्थ्य चौकीले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूलाई सम्मान गर्दै उत्प्रेरणा जगाउने उद्देश्यले विशेष कार्यक्रम सम्पन्न गरेको छ । 

थुम्हवा पिपराहवा स्वास्थ्य चौकीले मिति २०८२/१२/२७ गते महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूलाई सम्मान गर्ने कार्यक्रम सम्पन्न भएको छ। स्वास्थ्य चौकीका इन्चार्ज विष्णु प्रसाद बन्जाडेका अनुसार स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समिति थुम्हवा पिपराहवा स्वास्थ्य चौकीको आयोजना तथा सम्मरीमाई गाउँपालिका वडा नं. ३ वडा कार्यालयको सौजन्यमा कार्यक्रम सम्पन्न गरिएको हो। 

Advertisement 2

कार्यक्रममा महिला स्वयंसेविकाहरूलाई झोला तथा नगद प्रदान गरी सम्मान गरिएको थियो। उनीहरूको योगदानको कदर गर्दै आगामी दिनमा अझ लगनशीलता र जिम्मेवारीका साथ काम गर्न प्रेरित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बन्जाडेले बताए । 

कार्यक्रम विशेष गरी सि.अ.हे. छैठौं अधिकृत सुखनन्दन पालको पहलमा सम्पन्न भएको हो। उहाँले स्वास्थ्य क्षेत्रमा स्वयंसेविकाहरूले पुर्‍याउँदै आएको योगदानलाई उच्च मूल्याङ्कन गर्दै उनीहरूको मनोबल बढाउन यस्तो कार्यक्रम आवश्यक रहेको बताउनुभयो। उहाँको सक्रियता र अग्रसरताले कार्यक्रमलाई सफल बनाउन महत्वपूर्ण भूमिका खेलेको सहभागीहरूले बताए । 

Advertisement 3

कार्यक्रममा मन्तव्य राख्दै वडा अध्यक्ष अदहम अली देवानले महिला स्वयंसेविकाहरू स्वास्थ्य सेवाको आधारस्तम्भ भएको उल्लेख गर्दै स्थानीय तहले उनीहरूको हौसला अभिवृद्धि गर्न निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले समुदायको स्वास्थ्य सुधारमा स्वयंसेविकाहरूको भूमिका अतुलनीय रहेको बताउनुभयो। 

कार्यक्रममा स्वागत मन्तव्य स्वास्थ्य चौकी इन्चार्ज विष्णु प्रसाद बन्जाडेले राख्नुभएको थियो भने समाजसेवी सहाबुदिन देवानले पनि आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो। त्यसैगरी महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका उमादेवी पाण्डेयले आगामी दिनमा अझ उर्जा, समर्पण र लगनशीलताका साथ सेवा गर्ने प्रतिबद्धता जनाउनुभयो। 

कार्यक्रममा स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिका उपाध्यक्ष अमरावती हरिजन, वडा सचिव घनश्याम बरई, वडा सदस्य अष्टभुजा प्रसाद पाण्डे, वडा सदस्य इनरावती कहाईन, सेतो गुराँस बाल विकास केन्द्रका फिल्ड सुपरभाइजर शेषनाथ यादव लगायत विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। साथै स्वास्थ्यकर्मी तथा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

सम्बन्धित समाचार

Deprecated: Automatic conversion of false to array is deprecated in /home/dhurb098ba/public_html/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125