Advertisement 1
काठमाडौँ ।ठगी सम्बन्धी कसुर मुद्दामा फरार रहेका प्रतिवादी बारा सिम्रौन्गढ नगरपालिका वडा नम्बर ६ बस्ने ३२ वर्षीय अजित कुमार महतोलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
ठगी सम्बन्धी कसुर मुद्दामा कलैया जिल्ला अदालतबाट पक्राउ पुर्जी समेत जारी भई फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय सिम्रौन्गढबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।
Advertisement 2
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय कलैया पठाइएको छ ।
बाराको सिम्रौन्गढ घर भएका महतो१४लाख ७८ हजार३ सय रुपैयाँ जग्गा-जमिनको नाऊमा ठगी गरेको कसुरमा मुद्दा दायर भएको थियो। महतोलाई सम्मानित जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरि अनुसन्धान भईरहेको ईप्रका प्रहरी कार्यालय सिम्रौन्गढका प्रमुख एवम प्रहरी निरीक्षक किसुन्देव साहले बताए।



प्रतिक्रिया दिनुहोस्