२०८३ बैशाख ५
नेपाली समय

रुपन्देही विद्युतीय ब्यवसायी संघको वार्षिक साधारण सभा सम्पन्न

२०७८ पुष २५, आईतवार ११:१५

ज्ञानेश्वर उपाध्याय, मर्चवार ,पौष २४

Advertisement 1

रुपन्देही विद्युतीय ब्यवसायी संघको १० औं वार्षिक साधारण सभा तथा छैठौं अधिवेशन बुटवल मा सम्पन्न भएको छ । शनिबार महराजा रिसोर्टमा सम्पन्न उक्त कार्यक्रममा विभिन्न ब्यवसायीहरुले आआफ्नो विद्युतीय सामग्रीको स्टाल तथा आर्थिक सहयोग समेत उपलब्ध गराइ कार्यक्रमलाई निरन्तरता दिएका थिए ।
रुपन्देही का ३६८ जना विद्युतीय व्यवसायीहरुको छाता संगठनको रुपमा लगभग १० बर्षको लगातार मिहिनेत र संघर्षले गर्दा हामी आफ्नै भवनबाट सेवा दिने सोच लिएर अगाडी बढेका छौं भनी संघको पुर्ब अध्यक्ष तथा सो कार्यक्रम समेतको अध्यक्ष रहेका हरिहर ज्ञवालीले बताउनु भयो । सो कार्यक्रम को प्रमुख अतिथि नेपाल विद्युतीय ब्यवसायी महासंघका अध्यक्ष सुदर्शन प्रसाद पौडेल त्यस्तै बिशिस्ट अतिथीमा तिरुपती बालाजी ट्रेडर्सका संचालक बाबुराम भट्टराई ,तेज नारायण खरेल, रेशम देवकोटा लगायत लगभग १६०/१७० जना विद्युतीय ब्यवसायी तथा विद्युतीय संघका पदाधिकारीको समुपस्थितीमा कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रममा संघले थालनी गरेको भवन निर्माणका लागि विभिन्न ब्यवसायीहरुले आर्थिक सहयोग समेत उपलब्ध गराएका थिए । सो अधिवेशनबाट २ वर्ष कार्यकाल रहने गरि अध्यक्ष मा लोकनाथ पोखरेल ,बरिस्ट उपाध्यक्ष शान्ताराज खरेल,प्रथम केशव कुमार सिंह ,द्वितीय उपाध्यक्ष चन्द्रकान्त भण्डारी,महासचिव सुर्य कुंवर,कोषाध्यक्ष बिष्णु भन्डारी , सचिव हरिलाल भन्डारी , सहकोषाध्यक्ष मधुसुदन श्रेष्ठ तथा सदस्यमा क्रमश रामबहादुर थापा,बसन्तदेव पौडेल ,पारिश्वर श्रेष्ठ ,टिकाराम गौतम ,रमा थापा क्षेत्री,अनिल सुजन कुवरं , उपेन्द्र अधिकारी र लेखा समिति संयोजक जनेश पन्थी र अनुगमन समिति संयोजकमा श्री भिमलाल अधिकारीको संघमा सर्वसम्मत चयन भएको सो कार्यक्रमको संचालन चन्द्रकान्त भन्डारीले गर्नुभएको थियो ।

धेरै पढिएको

सम्बन्धित समाचार