२०८३ बैशाख ५
नेपाली समय

व्यक्तिगत कारण देखाउँदै कांग्रेसका क्षेत्रीय प्रतिनिधि रामनयन बरुणको राजीनामा

२०८३ बैशाख ४, शुक्रबार २३:४५

Advertisement 1

मर्चवार। सम्मरीमाई गाउँपालिका वडा नं ४ का नेपाली कांग्रेस क्षेत्र नं. ४ का क्षेत्रीय प्रतिनिधि रामनयन बरुणले व्यक्तिगत कारण र परिस्थितिजन्य दबाब उल्लेख गर्दै सक्रिय राजनीतिबाट विश्राम लिने घोषणा गरेका छन्।

रुपन्देहीको सम्मरीमाई गाउँपालिका वडा नं. ४ नेपाली कांग्रेस क्षेत्र नं. ४ का क्षेत्रीय प्रतिनिधि रामनयन बरुणले पार्टीको क्षेत्रीय प्रतिनिधि पद र क्रियाशील सदस्यता दुबैबाट राजीनामा दिएका छन्। उनले २०८३ साल वैशाख ४ गते सार्वजनिक सूचना जारी गर्दै आफ्नो राजीनामा घोषणा गरेका हुन्।

Advertisement 2

बरुणले आफ्नो राजीनामा पत्रमा नेपाली कांग्रेसप्रति गहिरो भावनात्मक सम्बन्ध व्यक्त गर्दै लामो समयसम्म लोकतन्त्रको पक्षमा काम गर्न पाएकोमा गर्व महसुस गरेको उल्लेख गरेका छन्। उनले बीपी कोइरालाको आदर्श र लोकतान्त्रिक मूल्य–मान्यतालाई आत्मसात गर्दै आफूले पाएको जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गरेको दाबी गरेका छन्।

Advertisement 3

तर, पछिल्लो समय व्यक्तिगत कारण, परिस्थितिको चाप तथा केही अप्रिय भोगाइहरूका कारण सक्रिय राजनीतिलाई निरन्तरता दिन नसक्ने अवस्थामा पुगेको उनले बताए। “जीवनको यस्तो मोडमा आइपुगेको छु, जहाँबाट यात्रालाई अगाडि बढाउन असमर्थ महसुस गरिरहेको छु,” उनले भावुक शब्दमा आफ्नो राजीनामा पत्रमा उल्लेख गरेका छन्।

बरुणले पार्टी, सहकर्मी तथा अग्रजहरूसँगको सम्बन्ध तोड्नुपर्दा आफूलाई अत्यन्तै पीडा भएको उल्लेख गर्दै यो निर्णय सहज नभए पनि बाध्यताले लिनुपरेको स्पष्ट पारेका छन्। उनले आजकै मितिदेखि लागू हुने गरी स्वेच्छाले राजीनामा दिएको बरुण ले बताए ।

राजीनामाको अन्त्यमा उनले आफूलाई सहयोग, साथ र विश्वास गर्ने सम्पूर्ण नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूप्रति आभार व्यक्त गरेका छन्। पदमा नरहे पनि देश र लोकतन्त्रप्रतिको आफ्नो आस्था कहिल्यै नडगमगाउने प्रतिबद्धता उनले दोहोर्‍याए ।

स्थानीय राजनीतिक वृत्तमा बरुणको यो निर्णयलाई चासोका साथ हेरिएको छ। लामो समयदेखि पार्टीमा सक्रिय रहेका उनको बहिर्गमनले क्षेत्रीय राजनीतिक गतिविधिमा केही प्रभाव पार्ने आकलन गरिएको छ।

समापनमा उनले भावुक हुँदै “अन्तिम पटक सम्पूर्णमा हार्दिक जय नेपाल” उल्लेख गरेका छन्, जसले उनको पार्टीप्रतिको समर्पण र भावनात्मक सम्बन्धलाई झल्काउने गरी देखाएको छ ‌।

धेरै पढिएको

सम्बन्धित समाचार