२०८३ बैशाख ६
नेपाली समय

धर्मगुरु हरु समाजका ऐना हुन :- नगर प्रमुख शाह

२०७९ श्रावण २, सोमबार २१:३७

 

Advertisement 1

कृष्णनगर, साउन २

 

Advertisement 2

कृष्णनगर नगरपालिका अन्तर्गत धार्मिक संस्कारहरूमा प्रत्यक्ष तथा अप्रत्यक्ष भुमिका रहने धार्मिक गुरूहरूको बालविवाह विरुद्धको अभियानमा सामुहिक प्रतिबद्धता जनाएका छन् ।

सिद्धार्थ सामाजिक विकास केन्द्रको आयोजना, युनिसेफ नेपालको सहयोग तथा कृष्णनगर नगरपालिका को समन्वयमा कृष्णनगर नगरपालिकामा संचालित कोभिड १९ प्रतिकार्य कार्यक्रम अन्तर्गत रूपांतरण परियोजना अन्तर्गत बालविवाह निवारणमा धर्मगुरु हरूको भुमिका विषयक एक दिने अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा बालवालिका को उमेर समुह, बाल अधिकार , बालविवाह र यसका असर तथा कानुनी सजाय लगायतका विषयमा रहेर छलफल गरिएको थियो ।
सहभागीहरू बाट बालविवाह निवारणमा उनिहरूको भूमिका का बारेमा सुझाव संकलन गरि बालविवाह गर्ने गराउने कार्यमा संलग्न नहुने र कहि कतै भए गरेको थाहा पाएमा पालिका, प्रहरी तथा सम्बंधित निकायमा जानकारी गराउने सामुहिक प्रतिबद्धता जनाएको हो ।
कार्यक्रममा कृष्णनगर नगरपालिका भित्रका मौलवी, मौलाना, ज्योतिष तथा पंडित लगायत २७ जनाको सहभागिता रहेको थियो ।

Advertisement 3

कार्यक्रममा बोल्दै प्रमुख अतिथि कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाहले सिद्धार्थ सामाजिक विकास केन्द्र लाई धन्यवाद दिदै धर्मगुरु हरू समाजको ऐना रहेको बताउदै बालविवाह निवारणमा धर्मगुरु हरूको विशेष भूमिका रहने, २० बर्ष पछि विवाह गर्दा व्यक्ति शारीरिक, मान्सिक रुपमा परिपक्व हुने बताए lसिद्धार्थ सामाजिक विकास केन्द्रका उपाध्यक्ष त्रिलोचन घिमिरेले कार्यक्रममा स्वागत मन्तव्य राख्नुभयो lसिद्धार्थ सामाजिक विकास केन्द्रका कार्यसमिति सदस्य चेतना अधिकारीले उपस्थित सबैलाई धन्यवाद दिदै कार्यक्रमको बारेमा प्रकाश पार्नुभयो l

सिद्धार्थ सामाजिक विकास केन्द्रका रोकैया खातुनले कार्यक्रममा सहजीकरण गर्नुभयो ।
नव निर्वाचित कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाह तथा उप प्रमुख आरती देवी चौधरी लाई सिद्धार्थ सामाजिक विकास केन्द्रले खादमाला तथा सम्मान पत्र द्वारा सम्मान गरेका थिए l उद्घोषकको भुमिका भने सिद्धार्थ सामाजिक विकास केन्द्रका तापस मिश्रले गर्नुभयो ।

धेरै पढिएको

सम्बन्धित समाचार