२०८३ बैशाख ५
नेपाली समय

नेपाल-भारत सांस्कृतिक सम्बन्धकाे उदाहरण “खाटु श्याम” रथ यात्रा

२०७९ फाल्गुन १९, शुक्रबार २३:१८

 

Advertisement 1

 

 

Advertisement 2

कृष्णनगर । हिन्दुधर्मावलम्बीकाे भगवान “खाटु श्याम” रथयात्रा नेपाल-भारत सांस्कृतिक सम्बन्धकाे उदाहरण बन्दै गएकाे छ ।

भारतकाे बढ्नी , पचपेडवाबाट नेपालकाे कृष्णनगरसम्म पुगेकाे रथयात्रालाई नगरबासीद्वारा भव्य स्वागत गरिएकाे छ । प्रत्येक बर्ष भारतबाट नेपाल आउने र नेपालबाट भारत जाने रथ यात्रामा मारवाडी समाजकाे उल्लेखनीय भुमिका रहेकाे हुन्छ । अबिर, गुलाल, झण्डा पताकाकाे प्रयाेग गरि साैहर्दय एवं शान्तिपूर्ण रथयात्रामा हजाराैं भक्तजन भजन गर्दै परिक्रमा गर्छन । महिला पुरुष भक्तालु देखि बच्चासमेतकाे सहभागितामा भव्य रथयात्रा निकालिएकाे अरविनणद अग्रवालले बताउनुभएको छ ।

Advertisement 3

रथ यात्रापछि भजनकिर्तन भइरहेकाे र भाेली सांझ लक्ष्मीनारायण मन्दिरमा प्रसाद वितरण गरिने आयाेजकले जनाएकाे छ ।

धेरै पढिएको

सम्बन्धित समाचार