२०८३ बैशाख ५
नेपाली समय

६० जनाले विभिन्न पार्टी परित्याग गरि जनमतमा प्रवेश

२०७८ श्रावण २१, बिहीबार १२:००

२१ साउन, कपिलवस्तु । कपिलवस्तु जिल्लाको शुद्धोधन गाउँपालिकामा जनमत पार्टीको जन सम्पर्क कार्यालय बुधबार उदघाटन भएको छ ।

Advertisement 1

जनमत पार्टीको पार्टी कार्यालय शुद्धोधन गाउँपालिका वडा नं.३, लबनीमा एक समारोह बीच उदघाटन भएको छ ।

प्रमुख अतिथि समाज कल्याण विभागका केन्द्रीय सचिव चन्द्रशेखर सोनार, बिशिस्ट अतिथि भ्रष्टाचार निवारण विभाग राष्ट्रिय प्रमुख संजय मिश्र, केन्द्रीय सदस्य योगेन्द्र चाैधरी, जिल्ला अध्यक्ष राम लाल यादव, जिल्ला सचिव भगवान दास यादव (बि•डी•यादव), शिव सुन्दर जयसवाल लगायत पार्टीका कार्यकर्ताहरुको उपस्थितिमा उक्त कार्यालय उद्घाटन गरिएको पार्टीले जनाएको हो ।

Advertisement 2

सोही समारोहमा करिब ६० जनाले विभिन्न पार्टी परित्याग गरि जनमत पार्टीमा प्रवेश गरेका कपिलवस्तु जिल्ला सचिव बि.डी. यादवले नील खबरलाई जानकारी गराए ।

धेरै पढिएको

सम्बन्धित समाचार