२०८३ बैशाख ३
नेपाली समय

घर–घरमा आशा बोकेर पुगे आशिष शर्मा, जनताले भने– अब कुनै विकल्प छैन

२०८२ माघ २४, शुक्रबार २१:०३

 

Advertisement 1

कपिलवस्तु क्षेत्र नम्बर १ मा चुनावी माहोल तात्दै गएको छ। युवा, इमानदार, आफ्नै छिमेकी र स्वतन्त्र उम्मेदवार आशिष शर्माले जनतामाझ फरक किसिमको सन्देश दिइरहेका छन्।

“युवा पनि हो, राम्रो पनि हो, हाम्रो पनि हो, छिमेकी पनि हो, स्वतन्त्र उम्मेदवार पनि हो — अब के चाहियो?”

Advertisement 2

यही आवाज अहिले गाउँ–गाउँमा गुञ्जिरहेको छ।

आजसम्म कसैले नगरेको काम गर्दै आशिष शर्मा घर–घरमा आफैं पुगेर भोट माग्दै, आशीर्वाद लिँदै जनतासँग प्रत्यक्ष संवादमा जुटिरहेका छन्। शुद्धोधन गाउँपालिका वडा नं. १ पतरियामा आज उहाँ जनगुनासो सुन्दै देखिनुभयो।

Advertisement 3

जनतासँग कुरा गर्दै आशिष शर्माले स्पष्ट शब्दमा भने,

“म भाषण गर्न होइन, काम गरेर देखाउन आएको हुँ। जनताको विकास, क्षेत्रको प्रगति र परिवर्तनका लागि आएको हुँ। पुराना नेताहरूले गरेका वाचा पूरा भएनन्, म जे भन्छु त्यो गरेर देखाउँछु।”

उहाँको यो इमानदार प्रतिबद्धता र निरन्तर परिश्रमले जनतामा नयाँ भरोसा जागेको छ। त्यसैले आज कपिलवस्तु क्षेत्र नम्बर १ मा जनता खुलेर भन्न थालेका छन् —

आशिष शर्मा बाहेक अब कुनै विकल्प छैन।

धेरै पढिएको

सम्बन्धित समाचार