२०८३ बैशाख ३
नेपाली समय

पुरानो राजनीतिलाई चुनौती दिँदै स्वतन्त्र उम्मेदवार आशिष शर्मा मैदानमा

२०८२ माघ २६, आईतवार ०५:५०

कपिलवस्तु–१ प्रतिनिधिसभा निर्वाचन अन्तर्गत आगामी फागुन २१ गते हुने निर्वाचनका लागि स्वतन्त्र उम्मेदवार आशिष शर्माले देशमा व्याप्त भ्रष्टाचारको अन्त्य र सुशासनको स्थापनाका लागि युवा नेतृत्वमा सरकार बन्नु अपरिहार्य रहेको बताएका छन्।
निर्वाचन प्रचारप्रसार अन्तर्गत निरन्तर घरदैलो अभियानमा सक्रिय रहेका शर्माले जनताको घर–घरमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्दै आफ्नो एजेन्डा प्रस्तुत गरिरहेका छन्। उनले परम्परागत राजनीतिले देशलाई थकित बनाइसकेको उल्लेख गर्दै अब परिणाम देखाउने नयाँ सोच र नयाँ नेतृत्वको आवश्यकता रहेको बताए।
“म केवल चुनाव लड्न आएको होइन, केही गरेर देखाउन आएको हुँ। अरूले भनेजस्तो मात्र होइन, काम गरेर प्रमाणित गर्छु,” भन्दै शर्माले आफू जनताको भरोसा तोड्ने राजनीतिमा विश्वास नगर्ने स्पष्ट पारे।
स्थानीय युवाहरू, किसान, महिला तथा सर्वसाधारणसँग प्रत्यक्ष भेटघाट गर्दै उनले रोजगारी, कृषि, शिक्षा, स्वास्थ्य र सुशासनलाई प्राथमिक एजेन्डा बनाउने प्रतिबद्धता व्यक्त गरे। जनताको समस्या काठमाडौँको कुर्सीमा बसेर होइन, गाउँको आँगनमा आएर बुझ्नुपर्ने उनको भनाइ छ।
स्वतन्त्र उम्मेदवार शर्माको घरदैलो अभियानले कपिलवस्तु–१ मा आशा र भरोसाको नयाँ सन्देश फैलाउँदै गएको स्थानीयहरूको प्रतिक्रिया छ। “यसपटक भाषण होइन, काम खोजिरहेका छौं,” भन्ने जनभावनासँग आफू उभिएको शर्माले बताए।

धेरै पढिएको

सम्बन्धित समाचार