२०८३ बैशाख ३
नेपाली समय

कपिलबस्तु–२ मा रास्वपाको लहर, ८७ वर्षदेखि युवासम्मको साथ

२०८२ माघ ३०, बिहीबार ०१:०५

महाराजगञ्ज, कपिलबस्तु |

Advertisement 1

कपिलबस्तुको निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत महाराजगञ्जमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति उल्लेखनीय आकर्षण देखिएको छ। महाराजगञ्ज नगरपालिका वडा नं. ४ र ११ मा ८७ वर्षका वंशनाथ शुक्ल र शिवाम्बर मिश्रदेखि युवा पुस्तासम्म रास्वपामा प्रवेश गरेका छन्।

स्थानीय स्तरमा भएको प्रवेश कार्यक्रमले क्षेत्रीय राजनीतिक माहोल तातेको छ। लामो समयदेखि परम्परागत दलहरूबीच सीमित रहेको प्रतिस्पर्धामा अहिले नयाँ विकल्पप्रति मतदाताको चासो बढ्दो देखिएको छ।

Advertisement 2

रास्वपा कपिलबस्तु–२ बाट पूर्व एसएसपी बिक्रम सिंह थापा उम्मेदवार बनेका छन्। सुरक्षाक्षेत्रमा लामो अनुभव बटुलेका थापाको उम्मेदवारीले मतदातामा उत्साह थपेको स्थानीयको भनाइ छ। “अनुभव, इमान्दारी र दृढ नेतृत्व चाहिएको थियो,” एक स्थानीय मतदाताले बताए, “त्यसैले नयाँ आशा देखिएको छ।”

८७ वर्षका ज्येष्ठ नागरिकदेखि पहिलो पटक मत हाल्ने युवासम्मको सक्रियता देखिनु क्षेत्रको राजनीतिक संकेतका रूपमा हेरिएको छ। आगामी निर्वाचनमा कपिलबस्तु–२ मा कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।

धेरै पढिएको

सम्बन्धित समाचार