Advertisement 1
Advertisement 2
कपलिवस्तु, भाद्र १९
Advertisement 3
नेकपा एमाले कपलिवस्तुले प्रतिनिधि सभा सदस्यका लागि कपिलवस्तु क्षेत्र न ३ बाट उम्मेदवारहरुको नाम नाम सिफारिस गरेको छ ।आज बसेको क्षेत्रिय कमिटीको बैठकले संघ तर्फ टोपलाल पोख्रेल र मंगल गुप्ताको नाम सिफारीस गरेको छ भने प्रदेश तर्फ क्षेत्र न ३ क तर्फ एकल रुपमा नेकपा एमाले कपिलवस्तु उप सचिव अर्जुन कुमार के सी को नाम सिफारीस गरेको नेकपा एमाले शिवराज नगरकमिटी अध्यक्ष जगत पौडेलले जानकारी दिनु भयो ।
पोख्रेल नेकपा एमाले जिल्ला सचिवालय सदस्य हुनुन्छ भने गुप्ता नेकपा एमाले केन्द्रिय सल्हाकार परिषद सदस्य हुनुन्छ । प्रदेश तर्फ एकल नाम सिफारीस हुनुभएका के .सी अहिले पनि कपिलवस्तु क्षेत्र न ३ क बाट लुम्विनी प्रदेश सांस्दको रुपमा प्रतिनिधित्व गनर्स भएको छ। प्रदेश क्षेत्र ३ को ख का लागि मिर्जा राशिद बेग, रजाउ रहमान खान, कृष्ण भण्डारी, मेहताब आलम खान, मोहम्मद मुस्तफाको नाम क्षेत्रिय कमिटी द्वारा सिफारिश गरिएको जानकारी प्राप्त भएको छ lयता भने मिर्जा राशिद समर्थक युवा हरू नेकपा एमाले कृष्णानगर नगरकमिटी सचिवालय सदस्य तथा राष्ट्रीय युवा संघ नेपाल कृष्णनगरका नगरअध्यक्ष अध्यक्ष पदमा बसी नेकपा एमालेका लागि निरन्तर सात बर्ष देखि काम गर्दै आएको बताउदै स्थानिए निर्वाचनमा बेग लाई टिकट नदिए पनि मिर्जाले पार्टीको निती सिद्धान्त अनुसार नेकपा एमाले पार्टीका उम्मेदवारहरुको लागि घर दैलो गरि मत माग्नामा निकै सहयोग पुर्याएका बताउदै अहिले भने प्रदेश सभा सदस्यमा मिर्जा राशिदले नै टिकट पाउनुपर्ने पहिल्यै देखि माग गर्दै आएका छन् l



प्रतिक्रिया दिनुहोस्