Advertisement 1
Advertisement 2
कृष्णनगर । हिन्दुधर्मावलम्बीकाे भगवान “खाटु श्याम” रथयात्रा नेपाल-भारत सांस्कृतिक सम्बन्धकाे उदाहरण बन्दै गएकाे छ ।
भारतकाे बढ्नी , पचपेडवाबाट नेपालकाे कृष्णनगरसम्म पुगेकाे रथयात्रालाई नगरबासीद्वारा भव्य स्वागत गरिएकाे छ । प्रत्येक बर्ष भारतबाट नेपाल आउने र नेपालबाट भारत जाने रथ यात्रामा मारवाडी समाजकाे उल्लेखनीय भुमिका रहेकाे हुन्छ । अबिर, गुलाल, झण्डा पताकाकाे प्रयाेग गरि साैहर्दय एवं शान्तिपूर्ण रथयात्रामा हजाराैं भक्तजन भजन गर्दै परिक्रमा गर्छन । महिला पुरुष भक्तालु देखि बच्चासमेतकाे सहभागितामा भव्य रथयात्रा निकालिएकाे अरविनणद अग्रवालले बताउनुभएको छ ।
Advertisement 3
रथ यात्रापछि भजनकिर्तन भइरहेकाे र भाेली सांझ लक्ष्मीनारायण मन्दिरमा प्रसाद वितरण गरिने आयाेजकले जनाएकाे छ ।



प्रतिक्रिया दिनुहोस्