२०८२ माघ ३
नेपाली समय

बाणगंगामा रिखिराम शैली र आधारहिन सुचना जोखिम बढ्दै

२०८१ माघ २३, बुधबार १३:५८

 

Advertisement 1

कृष्णनगर संवाददाता

सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै अहिले मिथ्या, आधारहिन सूचना फैलाउनमा बाणगंगामा एक युवक तल्लिन छन् । कुनै पनि सूचना सही हो कि होइन पत्ता लगाउनका लागि त्यसमा प्रयोग गरिएका तथ्य, तथ्यांक, घटना, घटनाक्रम, स्रोत, व्यक्ति, अभिव्यक्ति, तस्वीर, समय र सन्दर्भबारे मिहिन अध्ययन गर्नुपर्छ । तर, घटनाक्रमसँग मिल्ने गरी ती मिथ्या सूचना फैलाइन्छ, ताकी आममानिसले त्यसलाई विश्वास गरून् । यस्तै गरि यतिवेला बाणगंगाका ८ का रिखिराम भट्राई समाजमा भ्रमपुर्ण सुचना फैलाएर आफुलाई स्व. घोषित सामाजिक अभियान्ताको परिचय दिने गरेका छन् ।

Advertisement 2

उनले केहि व्यक्तिको उक्साहटमा लागेर आफुलाई समाजमा समाजसेवी कहलिने दाउमा कहिले सहकारी, वन,शैक्षिक संस्था सामाजिक व्यक्ति अगुवाहरुलाई निशाना बनाएर चरित्र हत्या गर्दै भिडियो सामाग्री सामाजिक संन्जालमा राख्ने गरेको पाईएको हो । उनले प्रयोग गरेका भिडियो सामाग्री एक पक्षिय रहेका छन् । यसको सुचना, जवाफदेहीतामा उनी चुकेका छन् । सम्बन्धीत पक्षको अनुमती विना, आरोप लगाईएका व्यक्तिको अभिव्यक्ति विना नै एक पक्षिय गाली गलौज सहित सामाजिक संन्जाल दुरुपयोग गरेको जानकारहरु बताउछन् ।

उनले प्रयोग गरेको शैलि र समर्थकलाई मिडियाको भाषामा तिन किसिममा वर्गिकरण गरिन्छ ।

Advertisement 3

मिसइन्फर्मेसन

यस्ता भ्रामक सूचनालाई तीन किसिममा वर्गीकरण गरिएको छ। पहिलो मिसइन्फर्मेसन, दोस्रो डिसइन्फर्मेसन र अर्को मालइन्फर्मेसन। अर्थात् मिथ्या सूचना, दुष्प्रचार र सूचना तोडमोड । मिसइन्फरमेसन भनेको अञ्जानवश कसैले फैलाएको गलत सूचना हो । यसमा कसैले केही सूचना पायो भने भेरिफाई नगरी सेयर गर्ने हुन्छ ।

 

 

 

आलोचनात्मक चेत राखी विश्लेषण गरियो भने यसबाट बच्न सकिन्छ । अन्यथा सूचना उपभोक्ताले भ्रामक सूचनामा विश्वास गर्न सक्छन् । मिसइन्फर्मेसनको एउटा उदाहरण लिऊँ । कुनै एक आयुर्वेदिक औषधिले ‘कोभिड निको हुन्छ’ भनेर राम्रै नियतले सूचना सेयर गरिएको हुनसक्छ । अरूलाई सचेत गराउने नियत हुनसक्छ । तर, त्यो उपचार विधि अपनायो भने अरू हानी गर्न सक्छ ।

 

डिसइन्फर्मेसन

डिसइन्फर्मेसन भनेको चाहिँ नियतवशे गलत सूचना फैलाउनु हो । फैलाउनेलाई गलत हो भनेर थाहा हुन्छ। तर, त्यसो हुँदाहुँदै पनि जानाजानी र नियतवश अरूलाई भ्रमित पार्न यस्ता सूचना फैलाइन्छ । यसको उद्देश्य कसैको चरित्र हत्या गर्नु, हानी गर्नु वा नोक्सानी गर्नुहुन्छ ।

 

डिसइन्फर्मेसन प्रायजसो सङ्गठित समूह, सरकार, राजनीतिक दल कुनै संस्था वा समूहलाई बदनाम गर्न प्रयोग भएको पाइन्छ। विशेषगरी, यो चुनावको समयमा धेरै फैलिन्छ । यतिवेला उनले यस्तै गरेको पाईएको छ । केहिदिन अघि बाणगंगा नगरपालिका वडा नं ९ को सरेपानी सामुदायिक वनमा केही व्यक्तिसँग मिलेर उनले वनमा तालाबन्दी समेत गर्ने उक्साहटमा लागेर तालाबन्दी गरे । उनको भिडियोमा वनका पदाधिकारी विरुद्ध धेरै आरोप छन् । तर आरोपित व्यक्तिसँग जवाफ लिनको साटो उल्टो उनी नै विभिन्न चरित्र हत्या गर्दै केही स्वार्थ समुहको पछी लागे । त्यहाँ वनको अवलोकन भम्रण जाने साधारणसभाले निर्णय गरेको देखिन्छ । तर केही व्यक्ति भम्रणमा जान नपाएकै कारण सो घट्ना श्रीजना भएको पाईएको छ ।

त्यस्तै साना किसान कृषि सहकारी संस्था मोतिपुरका विरुद्ध उनी हात धोएरै लागेका छन् । सहकारीका केही वेथिति भएपनी उनि सहकारी नै डुब्ने स्थितिमा रहेको भन्दै आधारहिन र त्यसका संचालक समिति अध्यक्ष विरुद्ध लागेका केहि व्यक्तिहरुलाई प्रयोग गरि संस्थामाथि नै आँच आउने गतिविधिहरु ल्याएका छन् । उनले प्रयोग गरेको भिडियो सामाग्री मध्येको एक हो । धनेशपुर गोदामघर सरकारी लगानीमा बन्दै गरेको गोदामघर अझै पुर्णता त पाएको छैन् । यसमा साना किसानलाई मात्र दोषारोपण गर्ने स्थिति समेत छैन् । किनभने यसका लागि राज्यले निरन्तर दिने बजेट कटौती हुदाँ यो अलपत्र परेको हो । साना किसान का संचालकको जवाफ भिडियोमा कैद नगरी एकलौटी समाचारले समाजमा दिंगभ्रमित पारेको छ । अर्को हालै केही व्यक्तिहरु संस्थामा लगेर उनले आफुले अगाडी मिडियाको कार्यक्रम संचालक जस्तै गरि सार्वजनिक सुनुवाई वा संस्थाको साधारसभा भन्दा भद्या तवरले गालिगलौच र असभ्य सैली प्रस्तुत गरेको देखिन्छ । सार्वजनिक पद धारण गरेका व्यक्ति वा संस्थासंग कुनैपनी नागरिकले जवाफ लिदाँ सभ्य शैलिमा नागरिकलाई उत्तेजित नहुने गरि समस्या समाधान तर्फ ध्यान पुर्‍याउनुपर्ने हुन्छ । उनले यसो नगरि अझ नागरिकलाई उत्तेजित पारि संचालकमाथि नै सुरक्षा चुनौति बढाएको देखिन्छ ।

आफ्नो कामको बढाइचढाइ गर्ने, अरूको नराम्रो भन्ने नियतले यो सूचना फैलाउने गरेको पाइन्छ । यस्ता सूचनाको भर पर्दा मानिसलाई जानाजानी अन्योलमा पर्ने बनाइदिन्छ । सार्वजनिक सुरक्षामा चुनौती हुनसक्छ । साम्प्रदायिक सहिष्णुता र सद्भाव बिग्रिन सक्छ ।

 

मालइन्फर्मेसन

मालइन्फर्मेसन भनेको कुनै पनि सूचनालाई गलत उद्देश्यका साथ प्रयोग गर्ने कार्य हो। मिसइन्फर्मेसन र डिसइन्फर्मेसनभन्दा यो मालइन्फर्मेसन अझ घातक हुन्छ । किनभने यो देश, व्यक्ति, कुनै संस्था वा समूहप्रति हानि पुर्‍याउने उद्देश्यले फैलाइन्छ । उदाहरणको लागि विकिलिक्समा आएको सूचनालाई आफ्नो विपक्षीको लागि प्रयोग गरेर देखाउने हो।

यस्तै उनले केही संस्थाका अध्यक्ष सापकोटा विरुद्ध व्यक्तिगत तवरले लागेका व्यक्तिलाई प्रयोग गरेर उनी र उनका कृषि क्षेत्र , उनि संचालक भएको सहकारी विरुद्ध जाईलागेका हुन् ।

गलत निर्णयको फन्दामा कसरी परिन्छ ?

यस्ता गलत सूचनाबाट नागरिक गलत निर्णय लिन प्रेरित हुन्छन्। यसको एक उदाहरण लिऔँ। ‘गुर्जो धेरै सेवा गरेमा कोरोना निको भन्छ’ भनेर समाचार र सामग्रीहरू आए। धेरैले पत्याएर सेवन गरे। पछि कलेजोमा समस्या भएको पुष्टि भयो । हामी सबै डाक्टर होइन, विज्ञ होइन।

 

यसैले कुनै सूचना सामाजिक सञ्जालमा भेटेकै भरमा पत्याउने चेष्टा गर्नुहुँदैन। अहिले आम मानिसले कुन सूचना सही हो, कुन सूचना गलत हो भनेर छुटाउन सक्दैनन् । इन्टरनेटमा आएका सबै सूचना सही होला भनेर सेयर गर्छ

धेरै पढिएको

सम्बन्धित समाचार