धन्नजय उपाध्याय/रुपन्देही
Advertisement 1
मिति २०८१/११ /०८ गते रूपन्देही जिल्लाको सियारी गाउँपालिका वडा नम्बर २ भगदरी मा गहुँको खेतमा एकजना महिलाको शव मृत अवस्थामा फेला परेको छ । दाङ जिल्लाको लमही नगरपालिका वडा नम्बर ७ वर्ष ४० को संगीता चौधरी नाम रहेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ। काम सक्काएर बेलुका लगभग ७ बजे मिलनचोकतिर घुम्न जाँदैछु, साथीसँग भनेर बुधबार साइकल लिएर गएको हाल आज बिहीबार उहाँको शव भेटिएको प्रहरीले जनाएको छ । शव हेर्दा हत्या जस्तो र बलात्कार भएको प्रहरीको आशंका रहेकोछ। अहिले शव लाई पोस्टमार्टम गर्नको लागि भैराहवा को भीम अस्पतालमा लागिएको छ । अहिले प्रारम्भिक अनुसन्धान चलिरहेको अहिले कोही पनि प्रहरीको नियन्त्रणमा नरहेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जानकारी दिएको छ। घटनास्थलमा एक थान मोबाइल र बियरको बोतल र अन्य समान भेटिएको अहिले हामी सबै सामानलाई आफ्नो नियन्त्रणमा लिएको प्रहरीले बताए । दाङ जिल्लाबाट रूपन्देहीको बुटवलमा काम गर्नेको लागि चौधरी आएका थिइन्। उहाँको घरमा हामी सम्पर्क गरिरहेका छौं भन्ने जिल्ला प्रहरी कार्यालय रूपन्देही ले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्