२०८३ बैशाख ४
नेपाली समय

लुम्बिनीमा नेपाली लेखक सङ्घको आठौं राष्ट्रिय अधिवेशन उद्घाटन सम्पन्न

२०८१ चैत्र १६, शनिबार १६:०६

 

Advertisement 1

लुम्बिनी — लुम्बिनीको सभा हलमा नेपाली लेखक सङ्घको आठौं राष्ट्रिय अधिवेशन उद्घाटन समारोह सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा रहेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले नेपाली लेखकहरू राष्ट्रका गौरव भएको उल्लेख गरे। साथै, गौतम बुद्ध जन्मिएको भूमि लुम्बिनीमा यो कार्यक्रम आयोजना गर्नु आयोजकहरूको उत्कृष्ट निर्णय भएको भन्दै धन्यवाद व्यक्त गरे। उनले हालै काठमाडौँको तीनकुनेमा राजावादीहरूले गरेको हुलहुज्जत, अराजक गतिविधि तथा सार्वजनिक सम्पत्तिमा गरिएको क्षति र प्रहरीमाथि भएका आक्रमणको भर्त्सना समेत गरे। गणतन्त्रलाई कसैले हटाउन नसक्ने दृढता व्यक्त गर्दै उनले लोकतन्त्रको मजबूती आवश्यक रहेको बताए।

Advertisement 2

सोही अवसरमा नेपाली कांग्रेसका प्रबक्ता प्रकास शरण महतले हालको सामाजिक सञ्जालको प्रभावबारे चिन्ता व्यक्त गरे। उनले पहिलेको जमानामा मानिसहरू किताब खोजी-खोजी पढ्ने गरे पनि अहिले सामाजिक सञ्जालले मानिसहरूको नजरिया सतही बनाएको टिप्पणी गरे। कार्यक्रममा विभिन्न लेखक, स्रष्टा तथा साहित्य प्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

धेरै पढिएको

सम्बन्धित समाचार