धनन्जय कुमार उपाध्याय/रुपन्देही
Advertisement 1
आज मिति २०८२ साल बैशाख ३० गते, रुपन्देही जिल्लाको सम्मरीमाई गाउँपालिका वडा नं ७ स्थित हर्दिमा आयोजना गरिएको हर्दि प्रिमियर लिग क्रिकेट प्रतियोगिता को फाइनल खेल भव्यताका साथ सम्पन्न भएको छ। प्रतियोगिताको फाइनल खेलमा ग्लोबल किन्डर गार्टेन बोर्डिङ स्कुल ले थुम्हवा स्टार लाई पराजित गर्दै प्रथम स्थान हासिल गर्न सफल भएको थियो ।
Advertisement 2
प्रतियोगिताको आयोजना नवदीप सामाजिक सेवा केन्द्रले गरेको हो भने आर्थिक सहयोग सम्मरीमाई गाउँपालिका वडा नं ७ ले प्रदान गरेको थियो। स्थानिय युवाहरूको खेल प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त प्रतियोगितामा स्थानिय विद्यालय र क्लबहरूले सक्रिय सहभागिता जनाएको थियो।
Advertisement 3
प्रतियोगिताको कार्यक्रम अध्यक्ष कमलेश यादव, उपाध्यक्ष मौलेश कुमार दुबे, सचिव धनञ्जय उपाध्याय, सदस्य, नजामोदिन खान, कुलदीप कहार, शौकत अलि मुसलमान, रामवचन यादव, वशिष्ठ मिश्रा र गिर्जेश यादव लगायत का युवाहरू को सुझबुझ इमान्दारिता र कठिन मेहनतले कार्यक्रम पूर्ण रूपले सम्पन्न भएको थियो ।
फाइनल खेल निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक रह्यो। ग्लोबल किन्डर गार्टेन बोर्डिङ स्कुलले उत्कृष्ट प्रदर्शन गर्दै थुम्हवा स्टारमाथि स्पष्ट जित हासिल गर्दै उपाधि आफ्नो पोल्टामा पार्यो। दोस्रो स्थानमा पुगेको थुम्हवा स्टारले पनि खेलमा सशक्त प्रदर्शन गर्दै दर्शकहरूलाई रोमाञ्चित बनाएको थियो।
कार्यक्रमका प्रमुख अतिथिका रूपमा राधेश्याम कुर्मीको उपस्थिति रहेको थियो। साथै, विशिष्ट अतिथिका रूपमा इलाका प्रहरी कार्यालय मझगाँवा को प्रहरी निरीक्षक सन्तोष बस्यालले कार्यक्रमलाई गौरवान्वित बनाएका थिए।
अन्य अतिथिहरूमा वडा सदस्य बक्सिस मुसलमान, समाजसेवी इन्द्रावती धवल, अमरावती लोध, र अतिकुर रहमान खान लगायत स्थानिय भद्रभलादमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। अतिथिहरूले विजेता र उपविजेता टोलीलाई ट्रफी, प्रमाणपत्र, तथा नगद पुरस्कार प्रदान गर्दै भविष्यमा पनि यस्ता कार्यक्रमले स्थानिय प्रतिभालाई अगाडि बढाउने विश्वास व्यक्त गरे।
नवदीप सामाजिक सेवा केन्द्रका अध्यक्ष शुसिल कुमार उपाध्याय उद्घोषण गर्दै भने, “हामीले यस प्रतियोगिता मार्फत युवाहरूलाई सकारात्मक दिशामा प्रेरित गर्न खोजेका छौं। खेलकुदले मानिसमा अनुशासन, टीम भावना, र आत्मविश्वास विकास गराउँछ। आगामी दिनमा अझ व्यापक सहभागिताका साथ यो प्रतियोगितालाई निरन्तरता दिने योजना छ।”
कार्यक्रममा स्थानिय बासिन्दाहरू, विद्यार्थीहरू, शिक्षक, अभिभावक तथा खेलप्रेमीहरूको उल्लेखनीय उपस्थिति थियो। दर्शकहरूले खेलको प्रत्येक क्षणमा ताली र उत्साहका साथ समर्थन जनाएका थिए।
कार्यक्रमको समापनतर्फ सबै अतिथिहरूले नवदीप सामाजिक सेवा केन्द्र र वडा लाई यस्ता सृजनात्मक र सकारात्मक पहलका लागि धन्यवाद ज्ञापन गरेका थिए। साथै, भविष्यमा अझ धेरै विद्यालय र क्लबहरू लाई समेटेर प्रतियोगितालाई थप व्यवस्थित र स्तरीय बनाउने प्रतिबद्धता आयोजक संस्थाले जनाएको छ।
यस किसिमका प्रतियोगिताले गाउँमा लुकेका प्रतिभाहरू लाई उजागर गर्नुका साथै युवा पुस्तालाई गलत बाटोबाट जोगाएर खेलकुदको माध्यमबाट विकास र समृद्धिको दिशामा अग्रसर गराउने अपेक्षा गरिएको छ।



प्रतिक्रिया दिनुहोस्