२०८३ बैशाख ४
नेपाली समय

मर्चवार लिफ्ट सिँचाई जल उपभोक्ता संस्था मझगाँवा ब्लक समिति गठन सम्पन्न, अध्यक्षमा अक्तर जहाँ खान चयन

२०८२ जेष्ठ १६, बिहीबार २२:३०

Advertisement 1

धनन्जय कुमार उपाध्याय/मर्चवार

मर्चवार लिफ्ट सिँचाई जल उपभोक्ता संस्था अन्तर्गत मझगाँवा ब्लकको नगौलिया नहर प्रणाली समितिको नयाँ नेतृत्व चयन गरिएको छ। हालै सम्पन्न भएको समितिको बैठकमा सर्वसम्मत रूपमा अध्यक्षमा अक्तर जहाँ खान चयन हुनुभएको छिन् ।

Advertisement 2

 

नयाँ कार्यसमितिमा उपाध्यक्षमा अलाउद्दिन खान, सचिवमा सुनिता मुराव, कोषाध्यक्षमा पूजा केवट तथा सदस्यमा रहीमुन निशा चयन हुनुभएको छन्। समितिको गठन लोकतान्त्रिक प्रक्रिया र सर्वपक्षीय सहमतिबाट सम्पन्न भएको बताइएको छ।

Advertisement 3

 

समिति गठनको उद्देश्य क्षेत्रीय सिँचाइ प्रबन्धनलाई थप प्रभावकारी बनाउने र जल स्रोतको उचित उपयोग सुनिश्चित गर्नु हो। अध्यक्ष अक्तर जहाँ खानले नवगठित समितिले स्थानीय किसानहरूको हितमा कार्य गर्ने प्रतिबद्धता जनाएकी छिन् । उहाँले सबै उपभोक्ताको आवाजलाई सुनेर पारदर्शी र सहभागितामूलक ढंगमा संस्था सञ्चालन गरिने बताएकी छिन् ।

 

धेरै पढिएको

सम्बन्धित समाचार