२०८२ माघ ३
नेपाली समय

कपिलवस्तुको उदाउँदो तारा – आशिष शर्मा”

२०८२ जेष्ठ २०, सोमबार २३:२३

✍️ लेखक: सुरेश कुमार पाण्डे

Advertisement 1

📍ध्रुवसत्यखबर डटकम, मायादेवी १, पकडी

🗓 आजको मिति: २०८२/०२/१९

Advertisement 2

कपिलवस्तुको सामाजिक, व्यवसायिक र राजनीतिक क्षेत्रमा उदाउँदै गएको एक प्रतिभाशाली नाम हो – आशिष उपाध्याय शर्मा। नेपाली काँग्रेस कपिलवस्तुको भविष्यका युवा नेताका रूपमा युवाहरूको पहिलो रोजाइमा पर्नुभएका शर्मा न केवल एक कुशल व्यवसायी मात्र होइनन् ,उहाँले जनताको सुख–दुःखमा साथ दिने, आत्मीयता बोकेका व्यावहारिक व्यक्तित्व पनि हुन्।

हिमालयन बैंकका संचालक, पूर्वमन्त्री तथा पूर्वराजदूत श्री दीपकुमार उपाध्याय छोरा (सुपुत्र) आशिष शर्मा आजको पुस्तामा उदाएका प्रेरणादायी पात्र हुन्। उहाँको हसिलो अनुहार, सर्वसुलभ व्यवहार र युवाप्रतिको समर्पण सबैलाई आकर्षित गर्छ। सधैं हाँसेर बोल्ने, खुलेर भेट्ने र युवाहरूसँग नजिक रहने उहाँको शैली विशिष्ट छ।

Advertisement 3

शर्मा एक कुशल उद्यमी पनि हुन्। उहाँले अहिलेसम्म धेरै युवाहरुलाई रोजगारी दिएर देशभित्रै सम्भावना खोज्न उत्प्रेरित गर्नुभएको छ। एक युवकको भनाइमा, “यदि आशिष सरजस्ता नेताहरू र व्यवसायी देशभरिमा हुन्थे भने, आज नेपालमा बेरोजगार युवाको समस्या नै हुने थिएन।”

युवाको विश्वास जितेका, जनताको साथ कमाएका आशिष उपाध्याय शर्मा नेपाली काँग्रेसको नेतृत्वमा आउने दिनका लागि आशाका उज्याला किरण हुन्। उहाँले अघि सारेका सामाजिक परिकल्पना र योजनाहरूले सबै वर्गका जनतालाई समेट्न सक्ने क्षमता राख्छ।

युवाले भनेका छन् –

“हामीलाई हाम्रो कुरा सुन्ने, बुझ्ने र समाधान खोज्ने नेता चाहिन्छ, र त्यो आशिष सरमै देखिन्छ।”

धेरै पढिएको

सम्बन्धित समाचार