
Advertisement 1
धनञ्जय उपाध्याय/रूपन्देही
मर्चवारमा पहिलोपटक शैक्षिक मेला आयोजना गरिने भएको छ। शैक्षिक अवसरहरूबारे जानकारी दिने उद्देश्यले अर्किड एजुकेशन कन्सल्टेन्सी प्रा.लि.को आयोजनामा यो मेला हुन लागेको हो।
Advertisement 2
मेला यही दिन बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म अर्किड एजुकेशन प्रा.लि.को प्राङ्गणमा सञ्चालन हुनेछ। कार्यक्रममा विभिन्न शैक्षिक संस्थाहरूको सहभागिता रहनेछ।
Advertisement 3
मेलामा विद्यार्थीहरूलाई शैक्षिक अवसरहरूको प्रदर्शन, करियर मार्गदर्शन, छात्रवृत्तिका विकल्पहरू, विदेशमा अध्ययनका अवसरहरू तथा नवीनतम प्रविधिको प्रयोग सम्बन्धी जानकारी दिइने आयोजकले जनाएका छन्।
विद्यार्थी, अभिभावक तथा शैक्षिक क्षेत्रमा रुचि राख्ने सबैलाई मेलामा सहभागी भई लाभ लिन आयोजकले आग्रह गरेका छन्। यो मेला मर्चवार क्षेत्रमा शैक्षिक चेतना फैलाउने दिशामा ऐतिहासिक पहल हुने अपेक्षा गरिएको छ।



प्रतिक्रिया दिनुहोस्