Advertisement 1
रुपन्देही , भदौ २४
जेनजी आन्दोलनले रुपन्देहीमा तोडफोड र अशान्ति फैलाउन थालेपछि जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले जिल्लाभर निषेधाज्ञा जारी गरेको छ।
मंगलवार बिहान प्रमुख जिल्ला अधिकारी (सीडीओ) डा. टोकराज पाण्डेले सार्वजनिक सूचना जारी गर्दै बिहान ९:३० बजेदेखि अर्को आदेश नभएसम्म लागू हुने गरी निषेधाज्ञा जारी गरिएको जानकारी दिनुभयो।
Advertisement 2
प्रशासनले जारी गरेको आदेशअनुसार, ५ जना वा सोभन्दा बढी व्यक्तिहरू भेला भई गर्ने अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोध गतिविधि पूर्णरूपमा निषेध गरिएको छ। आदेश उल्लङ्घन गर्ने वा पालना नगर्नेहरूमाथि प्रचलित कानुनअनुसार कडा कारबाही हुने चेतावनी दिइएको छ।
सीडीओ पाण्डेका अनुसार, जेनजी आन्दोलनका गतिविधि नियन्त्रणमा लिन र सम्भावित अप्रिय घटना रोकथाम गर्न स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(क) बमोजिम निषेधाज्ञा लागू गरिएको हो।
प्रतिक्रिया दिनुहोस्