
Advertisement 1
मर्चवारीमाई गाउँपालिकामा फोहोर सङ्कलनकर्ता तथा निजी क्षेत्रसँगको सहकार्यमा फोहोर न्यूनीकरण, पुनः प्रयोग र पुनः चक्र (3R) प्रवर्द्धन गर्ने उद्देश्यले गाउँपालिका स्तरीय बैठक कार्यक्रम सम्पन्न भएको छ।
युनिसेफ नेपालको सहयोगमा छाँया नेपाल र HECAF 360 को संयुक्त साझेदारीमा सञ्चालित WASH FIT परियोजना अन्तर्गत मर्चवारीमाई गाउँपालिकामा फोहोर सङ्कलनकर्ता तथा निजी क्षेत्रसँग गाउँपालिका स्तरीय फोहोर न्यूनीकरण, पुनः प्रयोग र पुनः चक्र सम्बन्धी बैठक सम्पन्न भएको हो।
Advertisement 2
कार्यक्रमको पहिलो सत्रमा छाँया नेपालको लुम्बिनी प्रदेश व्यवहार परिवर्तन सञ्चार तथा तालिम अधिकृत लक्ष्मण उपाध्यायले WASH FIT परियोजनाको उद्देश्य, स्वास्थ्य संस्था जन्य फोहोर व्यवस्थापनमा स्वास्थ्य संस्था , गाउँपालिका र फोहोर संकलन कर्ता निजी क्षेत्रको भूमिका तथा व्यवहार परिवर्तनको महत्वबारे स्पष्ट पार्नुभयो। उहाँले स्रोतमा नै फोहोर छुट्याउने, स्थानीय तहको सक्रियता र दीगो फोहोर व्यवस्थापन प्रणाली विकास नगरेसम्म वातावरणीय तथा स्वास्थ्य जोखिम न्यूनीकरण सम्भव नहुने बताउनुभयो।
यस्तै दोस्रो सत्रमा HECAF 360 की प्रादेशिक संयोजक बिनिता काफ्लेले स्वास्थ्य संस्था जन्य फोहोरमैला व्यवस्थापनसम्बन्धी राष्ट्रिय ऐन तथा नियम, शून्य फोहोर (Zero Waste) को अवधारणा, साथै फोहोर सङ्कलनमा संलग्न श्रमिकहरूको पेशागत स्वास्थ्य तथा सुरक्षा विषयमा प्रस्तुतीकरण गर्नुभयो। उहाँले असुरक्षित फोहोर व्यवस्थापनले श्रमिक, समुदाय र वातावरणमा गम्भीर असर पार्ने भएकाले कानुनी मापदण्डअनुसार फोहोर व्यवस्थापन अपरिहार्य रहेको उल्लेख गर्नुभयो।
Advertisement 3
कार्यक्रमको अध्यक्षता गर्दै मर्चवारीमाई गाउँपालिका अध्यक्ष गया प्रसाद बरइले फोहोर व्यवस्थापन गाउँपालिकाको मात्र दायित्व नभई निजी क्षेत्र, फोहोर सङ्कलनकर्ता र समुदाय सबैको साझा जिम्मेवारी भएको बताउनुभयो। उहाँले गाउँपालिकाले दीगो फोहोर व्यवस्थापनका लागि नीति, कार्यक्रम र साझेदारीलाई थप प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो।
बैठक कार्यक्रममा युनिसेफ नेपालका प्रतिनिधि, गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख, गाउँपालिका कर्मचारी, रायपुर प्राथमिक स्वास्थ्य केन्द्र तथा सेमरा–मर्चवार स्वास्थ्य चौकीका प्रमुख तथा वास फोकल पर्सन, पत्रकार, तथा फोहोर सङ्कलनकर्ता/निजी क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।कार्यक्रमले स्वास्थ्य संस्था तहमा फोहोर न्यूनीकरण, पुनः प्रयोग र पुनः चक्रलाई व्यवहारमा उतार्न निजी क्षेत्रसँगको सहकार्यलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको



प्रतिक्रिया दिनुहोस्