Advertisement 1
कपिलवस्तु क्षेत्र नं. १ का स्वतन्त्र प्रतिनिधि सभा सदस्य उम्मेदवार आशिष शर्मा को पक्षमा शुद्धोधनमा देखिएको जनउत्साहले चुनावी माहोल तातेको छ। फाल्गुन १ गते शुक्रबार शुद्धोधन गाउँपालिका वडा नं. ४ (विठुवा) मा सम्पन्न घरदैलो कार्यक्रममा उल्लेख्य जनसहभागिता देखिएको थियो।
कार्यक्रममा गाउँपालिकाकी पूर्व उपाध्यक्ष सुधा पाण्डेय स्वयं सक्रिय रूपमा सहभागी भइ गाउँ–गाउँ पुगेर जनतासँग आग्रह गर्नुभएको थियो। उहाँले खुला रूपमा भन्नुभयो, “जित यहाँकै हुन्छ, स्वतन्त्र उम्मेदवारलाई साथ दिनुपर्छ, राम्रो मान्छेलाई जिताउनुपर्छ।”
Advertisement 2
पूर्व उपाध्यक्ष सुधा पाण्डेय को यस्तो स्पष्ट समर्थनलाई स्थानीयले अर्थपूर्ण रूपमा लिएका छन्। उहाँको उपस्थितिले कार्यक्रमलाई थप ऊर्जा र विश्वसनीयता दिएको सहभागीहरूको भनाइ छ।
घरदैलोका क्रममा स्थानीय महिलाहरूले आशिष शर्मा लाई फूलमाला र अबिरले भव्य स्वागत गरेका थिए। जनताको बीचमा देखिएको आत्मीयता, सम्मान र समर्थनले आशिष शर्मा को बढ्दो लोकप्रियता स्पष्ट संकेत गरेको छ।
Advertisement 3
जनतासँग प्रत्यक्ष संवाद गर्दै आशिष शर्मा ले रोजगारी, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। शुद्धोधनमा देखिएको उत्साह र समर्थनले स्वतन्त्र उम्मेदवारको अभियान थप मजबुत बन्दै गएको विश्लेषण भइरहेको



प्रतिक्रिया दिनुहोस्