कपिलवस्तु क्षेत्रको राजनीतिक माहोल तातिँदै जाँदा काङ्ग्रेसका बागी नेता राजेश सिंह ले स्वतन्त्र उम्मेदवार आशिष शर्मा लाई खुला समर्थन घोषणा गरेका छन्। उनले युवालाई अवसर दिनुपर्ने भन्दै अबको निर्वाचनमा परिवर्तनको आवश्यकता औँल्याएका छन्।
राजेश सिंहले स्पष्ट शब्दमा भने, “हामीले युवालाई अगाडि बढाएनौँ भने कसले बढाउँछ? घरिघरि एउटै मान्छेलाई मात्रै मौका दिनु कतिको जायज हो?” उनले पुराना अनुहारभन्दा नयाँ सोच र ऊर्जा आवश्यक रहेको धारणा व्यक्त गरे।
पार्टीसँग असन्तुष्टि जनाउँदै उनले आफू पार्टीबाट अलग भएको पनि बताए। “हामी कसैको चरित्र हत्या गर्ने र नराम्रो भन्ने हिँड्ने मान्छे होइनौँ। तर पार्टीले हाम्रो कुरा सुनेन। त्यसैले हामी स्वतन्त्र उभिएका हौँ,” उनले भने।
राजेश सिंहले निर्वाचनमा जिप चुनाव चिन्हमा मतदान गरी स्वतन्त्र उम्मेदवार आशिष शर्मा लाई भारी मतले विजयी गराउन मतदातासमक्ष आग्रह गरेका छन्। उनले युवाको नेतृत्वमार्फत विकास र पारदर्शिताको नयाँ अध्याय सुरु हुने विश्वास व्यक्त गरे।
यस समर्थनसँगै क्षेत्रीय राजनीतिमा नयाँ समीकरण देखिएको छ। राजेश सिंह को समर्थनले आशिष शर्मा को अभियानलाई थप ऊर्जा मिल्ने विश्लेषण गरिएको छ। अब मतदाताको निर्णयले आगामी राजनीतिक दिशा तय गर्नेछ।
Skip This
राजेश सिंहको खुला समर्थन आशिष शर्मालाई, जिप चिन्हमा मतदान गर्न आग्रह


प्रतिक्रिया दिनुहोस्