Advertisement 1
कपिलवस्तु,
नेपाली कांग्रेस जिल्ला कार्यसमिति कपिलवस्तु अन्तर्गत सक्रिय सदस्य रहेका दिनेश हमालले पार्टीको सक्रिय सदस्य पदबाट राजीनामा दिएका छन्। कपिलवस्तु क्षेत्र नम्बर २ का हमालले देशको वर्तमान राजनीतिक अवस्था र बदलिँदो परिस्थितिलाई मध्यनजर गर्दै राजीनामा दिएको जानकारी दिएका हुन्।
Advertisement 2
सभापति समक्ष सम्बोधन गर्दै उनले देशको परिस्थिति, सरकारको भूमिकाप्रति असन्तुष्टि र युवापुस्ताले उठाएको परिवर्तनको आवाजलाई आत्मसात् गर्दै आफूले पद त्याग गरेको उल्लेख गरेका छन्। उनले वर्तमान सरकार जनताप्रति गैरजिम्मेवार देखिएको र जनभावनाप्रति सहानुभूति नदेखाएको आरोप लगाएका छन्।
परिवर्तनको पक्षमा उभिँदै नयाँ पुस्ताले अघि सारेको अभियानप्रति समर्थन जनाउँदै आफूले आजकै मितिबाट नेपाली कांग्रेसको सक्रिय सदस्यको जिम्मेवारी त्यागेको हमालले बताएका छन्।
Advertisement 3
उनको राजीनामासँगै कपिलवस्तुको राजनीतिक वृत्तमा नयाँ चर्चा सुरु भएको छ। आगामी दिनमा हमालको राजनीतिक कदम कता मोडिन्छ भन्ने विषयलाई चासोका साथ हेरिएको छ।



प्रतिक्रिया दिनुहोस्