मायादेवी गाउँपालिकाको स्थानीय राजनीतिमा आज ठूलो तरंग देखिएको छ। पूर्व मेयर बजरंगी प्रसाद चौधरीले आफ्नो पार्टीबाट राजीनामा दिँदै स्वतन्त्र उम्मेदवार आशिष शर्मालाई खुलेआम समर्थन घोषणा गर्नुभएको छ।
Advertisement 1
सार्वजनिक कार्यक्रममा बोल्दै उहाँले स्पष्ट शब्दमा भन्नुभयो, “उहाँ स्वतन्त्र रूपमा आउनुभएको छ, त्यही कारणले म उहाँको समर्थन गर्दैछु। यदि उहाँ कुनै पार्टीबाट आएको भए सायद म समर्थन गर्ने थिइनँ। तर उहाँ स्वतन्त्र रूपमा उठ्नुभएको छ, त्यसैले मैले आफ्नो पार्टीबाट राजीनामा दिएर उहाँको पक्षमा उभिने निर्णय गरेको हुँ।”

उहाँले जोड दिँदै भन्नुभयो, “हामीलाई अब युवा नेतृत्व चाहिएको छ। युवा अघि बढे देश अगाडि बढ्छ, समाज शिक्षित बन्छ र विकासको ढोका खुल्छ। देश र समाजलाई अगाडि बढाउन इमानदार र स्वतन्त्र सोच भएको युवा चाहिन्छ।”
Advertisement 2
कार्यक्रममा समर्थकहरूले “जिप छाप जिन्दाबाद, आशिष शर्मा जिन्दाबाद” भन्ने नारा लगाउँदै उत्साह व्यक्त गरेका थिए। पूर्व मेयर चौधरीले आफू आशिष शर्मासँगै उभिएर काम गर्ने प्रतिबद्धता पनि जनाउनुभयो। “मेरो वाचा छ, म आशिष शर्मालाई छोड्ने छैन,” उहाँले भन्नुभयो।
यस घोषणासँगै मायादेवी गाउँपालिकाको राजनीतिक माहोल थप तातेको छ। पूर्व मेयरजस्तो प्रभावशाली व्यक्तित्वको खुलेआम समर्थनलाई स्थानीय स्तरमा अर्थपूर्ण र निर्णायक कदमका रूपमा हेरिएको छ।



प्रतिक्रिया दिनुहोस्