२०८२ फाल्गुन १९
नेपाली समय

मेरो भिजनप्रति जनविश्वास बढ्दै छ: आशुतोष मिश्र

२०८२ फाल्गुन १३, बुधबार १२:४९

Advertisement 1

मर्चवार । रुपन्देही निर्वाचन क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार आशुतोष मिश्रले नेपाली कांग्रेसको देशप्रतिको स्पष्ट योजना र आफूले प्रस्तुत गरेको क्षेत्रगत भिजनका कारण जनविश्वास दिनप्रतिदिन बढ्दै गएको बताउनुभएको छ ।
घरदैलो अभियानका क्रममा मतदाताबाट पाएको उल्लेखनीय उपस्थितिले आफूलाई थप हौसला मिलेको बताउँदै मिश्रले अब नागरिकहरूमा कुरा र कामबीचको फरक छुट्याउने क्षमता विकास भइसकेको उल्लेख गर्नुभयो। “मतदाताहरू अब खोक्रा आश्वासन होइन, काम गरेर देखाउने नेतृत्व खोजिरहेका छन्,” उहाँले भन्नुभयो।

मर्चवार क्षेत्रमा अहिलेसम्म दीर्घकालीन सोच र स्पष्ट भिजन भएको नेतृत्व निर्वाचित हुन नसकेको उल्लेख गर्दै मिश्रले आफू निर्वाचित भए मर्चवारको मुहार फेर्ने ठोस योजना रहेको दाबी गर्नुभयो। “म धेरै लालच दिने आश्वासन बाँड्दिनँ, काम गरेर देखाउँछु,” उहाँले भन्नुभयो, “मर्चवारवासीलाई भाषण होइन, परिणाम चाहिएको छ, जुन नेपाली कांग्रेसले मात्र दिन सक्छ।”
हालै सम्पन्न नेपाली कांग्रेसको विशेष महाधिवेशनले पार्टीभित्रका धेरै कमजोरी सच्याएको बताउँदै उहाँले अब अनुभव, स्पष्ट भिजन र युवा जोशसहितको नेतृत्वमार्फत देश परिवर्तनको आधार तयार भएको दाबी गर्नुभयो। पार्टी सभापति गगन थापालाई प्रधानमन्त्री बनाउने विषयमा समेत मतदाता सकारात्मक रहेको मिश्रको भनाइ छ ।

Advertisement 2

निर्वाचित भएपछि शिक्षा, कृषि तथा सिँचाइ, सडक पूर्वाधार र यातायात, स्वास्थ्य, बाढी–डुबान नियन्त्रण, पर्यटन, खेलकुद र खानेपानीजस्ता क्षेत्रलाई प्राथमिकतामा राखी योजनाबद्ध रूपमा काम गरिने उहाँले जानकारी दिनुभयो ।

धेरै पढिएको

सम्बन्धित समाचार